सहकारी ऋण व्यवस्थापन तालिम सम्पन्न ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, १८ पुस
मोरङको पथरी शनिश्चरे नगरका सहकारी संस्थाका ऋण संयोजक र ऋण कर्मचारीका लागि २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
नगरको सहकारी शाखाले आयोजना गरेको तालिममा ११ वटा सहकारी संस्थाका ऋण उपसमिति संयोजक र ऋण हेर्ने कर्मचारीको सहभागिता रहेको थियो । भाका नाघेको ऋणलाई व्यवस्थित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जनाउनु भयो । तालिममा, जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष जीवन वस्नेतले सहजिकरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *