पथरी जेसीजको अध्यक्षमा अनिता राई, भन्छिन ‘कुलतमा फसेका हरुलाई  सुधार्ने काेसिस गर्छु।थारु पाेर्टल

Spread the love
२१।पुष
मोरङको पथरी जेसीजमा बर्ष २०२२ का लागि अनिता राई(अनु) अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । सोमबार भएको जेसीजको १० औ अधिवेशनले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । कार्यकारी उपाध्यक्षमा सिताराम दराल, सुबर्ण खत्री, उपाध्यक्षमा एलिना दियाली, निता कुलुङ राई, निर्मला गिरी, सुमन फुयल र सचिवमा उज्जल लकान्द्री सर्वसहमत चयन भएका हुन ।
जेसीजमा महासचिव लगायतका पदाधिकारी र सदस्यहरु अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था रहेको छ । नव निर्वाचित अध्यक्ष अनिता राईले मंगलबार पत्रकार भेटघाटको आयोजना गरी जेसीजले गर्दै आएको नियमित कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता गरेकी छन् ।
अध्यक्ष राईले दुव्यासनी फसेका युवाहरुलाई कुलत छुटाउन कार्यक्रमहरु मार्फत कोसिस गर्ने, बेरोजगार युवा र महिलाहरुलाई उद्यमशीलता बनाउन तामिलको साथमा उपाएहरु ल्याउने बताए । पत्रकार भेटघाट कार्यक्रममा जेसीजको पूर्ब अध्यक्ष मान दियाली लगायतका सदस्यहरु सहभागि रहेका थिए । पथरी जेसीजले स्थापना दिवसको अवसरमा खेलकुद, सरसफाइ तथा होलीको अवसरमा सांस्कृतिक कार्यक्रमको गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *