२१।पुष
सुनसरी । थारु समुदायको नयाँ वर्ष अर्थात माघी पर्वकाे दिन थारु कला संस्कृति समेटिएर माघि गित निकाल्ने तयारी भइरहेकाे छ । यही माघ १ गते थारु समुदायकाे आफ्नो जातिय पहिचान झलकाउने किसिमका परिकार भुजाको डल्ला, तिलको लडु, कुल देवताकाे पुजा, गाउँ घरमा लगाउने पहिरन लगायतका सांस्कृतिक झल्कीने किसिमका विषय बस्तुहरु समेटिएर एलै माघि रे गितको बाेल रहेकाे थारु गितकाे माध्यमबाट हेर्न र सुन्न सकिने छ ।मेगा डिजिटल रेकर्डिङ्गको प्रोडक्सन तथा कुलदिप चौधरी रचना शब्द संगित रहेको एलै माघि रे बोलको गितमा सुमधुर स्वरकि धनी अनु चौधरी र कुलदिप चौधरीको रहेको छ । उक्त गित सुनसरीकाे रमणय स्थल तथा अन्य आसपासको विभिन्न क्षेत्रमा छायांकन गरी रहेको छ भने गितमा मोडेलको रुपमा महेश कुमार चौधरी, विनोद चौधरी, उमेश चौधरी, ममता चौधरी, दिपिका चौधरी र सुरभी खाँ समेतकाे बे जाेड प्रस्तुति रहेको छ ।
गितको कोरियो ग्रार्फी भने दर्पी सरदारले गरि रहेको छ भने मेकपमा अवध नारायण राजबंशी तथा क्यामेरामा हेमन योजन र राजबाबु विश्वासले गरी रहेको आयोजकले जनाएको छ ।