२१। पुष ,कानेपोखरी ।
मोरङ कानेपोखरीमा रहेकाे रमाइलो जेसिजको वार्षिक साधारण सभाबाट २०२२ का लागि अध्यक्षमा त्रिभुनाथ फुयल (सन्तोष ) सर्वसम्मत चयन भएका छ्न ।कानेपोखरी ६ को रमाइलो बचत तथा ऋणसहकारीकाे हलमा सम्पन्न भएको शाखाको चौथो साधारण सभा तथा शाखा अधिवेशनबाट फुयल चयन भएका हुन ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा मनोज अधिकारी, चन्द्र कुमार मगर (राजु), उपाध्यक्षमा दिपक फूयल, अनिल रिजाल, मनिष न्यौपाने, कमल आचार्य र सचिवमा सुनिल श्रेष्ठ चुनिएका हुन ।
उक्त कार्यक्रममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सिना, पथरी जेसिज, लेटाङ जेसिजका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । रमाइलो जेसिज शाखाले स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।