नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजकाे प्रदेश अधिवेशन पथरीमा हुदै ।थारु पाेर्टल

Spread the love

२३।पुष ,कानेपाेखरी 

विद्यानन्द चाैधरी 

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज एउटा श्रमजीवि आदिवासी पत्रकारहरुकाे साझा संगठन हाे ।याे २०५६ सालमा स्थापना भएकाे हाे ।प्रदेश नं १ मा भने २०७५सालमा इलामकाे माङ्गसेवुङकाे भेलाबाट समिति चयन भएकाे थियाे ।तर प्रदेश नं १ को दोस्रो प्रादेशिक अधिवेशन पथरीमा हुने भएकाे छ जसकाे  भव्य तयारी भइरहेको छ । पौष २७ र २८ गते हुने प्रदेश अधिवेशन मोरङको पथरीशनिश्चरेमा रहेकाे   सिन भिलेज पार्टी प्यालेसमा गर्ने तयारी भएको जानकारी प्रदेश १का अध्यक्ष अर्जुन जमेली राईले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ ।

२७ गते हुने उद्घाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई तथा  पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राई, उपप्रमुख यमुना विष्ट सहित फोनिज केन्द्रिय अध्यक्ष डण्ड गुरुङ, बरिष्ठ उपाध्यक्ष गजुरधन राई, महासचिव मनोज घर्ती मगर, नेपाल पत्रकार महासंघ, राजनीतिक दल निकटका पत्रकार संगठनहरु, मधेसी, दलित पत्रकार संगठनहरुका अध्यक्षहरुको सहभागीता तथा   बृहत जातजातीकाे झाकी वाट कार्यक्रमकाे  उद्घाटन हुने  भएकाे छ ।

कार्यक्रममा आदिवासी जनजातीहरुको मुद्धामा कलम चलाउने पत्रकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने उद्देश्यका साथ १० लाख रकम पुर्याउने गरी अक्षय कोषको घोषणा गर्ने, फोनिज १ नम्बर प्रदेश मुखपत्र सार्वजनिक गर्ने र नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको राईले जानकारी दिनुभयो ।फोनिजको हाल देशभर ६० जिल्लामा समिति र ६ वटा अन्य देशहरुमा समेत संगठन रहेको फोनिज केन्द्रिय सचिव कमन देवानले जानकारी दिनुभयो । प्रदेश १ मा फोनिजका १४ वटै जिल्ला समितिहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *