२५।पुष।कानेपाेखरी
विद्यानन्द चाैधरी
कानेपाेखरी वडा नं २ कालिकाेशीमा रहेकाे जनचेतना बचत तथा ऋण सहकारी संस्थाकाे पुष २४ गते आफ्नै भवनमा १६औ साधारण सभा समपन्न भएकाे छ । उक्त साधारण सभा एक औपचारिक कार्यक्रमबाट सुरु भएकाे थियाे जसमा सहकारीका अध्यक्ष कमल कार्कीकाे अध्यक्षतामा संचालन भएकाे थियाे भने कार्यक्रमकाे प्रमुख अथिति जिल्ला बचत संघ माेरङका काेषाध्यक्ष जिवन वस्नेतकाे प्रमुख आथितिय रहेकाे थियाे भने अथितिहरुमा तिर्थ कार्की ,महेश चाैधरी ,छविलाल फुयल ,पत्रकार अर्जुन आचार्य र विद्यानन्द चाैधरी लगायतकाे अथितिय रहेकाे थियाे । कार्यक्रम पानसमा दीप प्रज्वलन गरेर समुदघाटन गरेकाे थियाे ।
सहकारीमा ९सय २७ जना शेयर सदस्यहरु रहेका छन जसमा ४सय ६५ पुरुष ४सय६१ महिला र १ संस्था रहेकाे छ । सहकारीकाे कुल शेयर पुजी ३६लाख १४हजार १सय रहेकाे छ भने बचत हिसाब २ कराेड२३लाख ३१हजार ६ सय २६ रहेकाे छ ।जसमा २५. २५%वृद्धिभएकाे जानकारी अध्यक्षकाे प्रतिवेदन मार्फत बुकलेटमा लेखीएकाे छ ।संस्थामा खुद नाफा भने १२लाख २३हजार ९सय ३ रहेकाे छ । संस्थाले विभिन्न विद्यामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेका छन ।
यस वर्ष १०जना जेष्ट शेयर सदस्यहरु २जना एस ई ई परीक्षामा वढि जिपिए ल्याउने १जना नियमित बचत, १जना बाल वचत , १ जना पुर्व संचालक सम्मान, १जनादैनिक बचत , १जनाअसल ऋणिलगायत लाई सम्मान गरेकाे छ भने १जना सल्लाहकार सदस्य स्व .हरी बहादुर कार्कीलाई मराेपरान्त सम्मान गरेकाे छ ।उहाले सहकारीमा ठुलाे देन लगाएर गएकाेले सम्मान गरेकाे जानकारी अध्यक्षले दिएका थिए ।संस्थाकाे आफनै भवन समेत रहेकाे छ ।