“स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता, कार्यशाला गोष्ठी सम्पन्न ।थारु पाेर्टल

Spread the love

२५।पुष।

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले स्थानीय पाठ्यक्रम निर्माणका लागि आज सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नगरको शिक्षा शाखा प्रमुख एवम् स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक शालिग्राम काफ्लेले स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको वताउँदै यसको निर्माण र कार्यान्वयनमा चुनौती समेत रहेकाले सवैको सहकार्यमा सफलता हात पार्नुपर्न बताउनु भयो ।

 

नगर शिक्षा समितिको निर्णय बमोजिम गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुरुप कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माणका लागि पहिलो चरणमा सरोकारवालाहरुसँग कार्यशाला गरेको हो । संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदना, पुरातत्व, परम्परागत तथा प्रचलित सीप तथा कला, ऐतिहासिकता, भूगोल, प्राकृतिक सम्पदा सहितका विषयमा सरोकारवालाहरुले छलफल गरी टिपोट बुझाएका छन् ।

कार्यक्रममा, कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, कार्यदल सदस्य सचिव नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी,  कार्यदल सदस्य रोहिणीप्रसाद घिमिरेले आफ्ना धारणा राख्नुभयो । कार्यदल सदस्य ऋषिराज धिमालले कार्यशालमा अवधारणा प्रस्तुतीका साथ सहजिकरण गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *