गाँजा सहित धनपालथानमा तिन जना पक्राउ ।थारु पाेर्टल

Spread the love
पुस २६ साेमबार
रबिन्द्र बराल
Open photo
मोरङ धनपालथान गाउँपालिका वडा नं २  बरियाती टोल बाट प्रतिबन्धित गाँजा सहित तीन जना पक्राउ परेका छन । साेहि स्थान बस्ने वर्ष ४० का वसन्त पासवान काे घरको ट्वाईलेट पछाडी सेतो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा गाँजा ३ के.जि.१०५ ग्राम गाँजा बरामद गरिएको छ ।
प्रतिबन्धित गाँजा बिक्रि बितरण गरेको गाेप्य सुचनाकाे आधारमा अमाहीबरियाती बाट खटिइएकाे गस्ती टाेलीले खाेजतलास गर्ने क्रममा पासवान सहित गाँजा ओसार पाेसार एवम बिक्रिबितरणमा संलग्न रहेका दुई जना लाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानार पालिका १६ बस्ने बर्ष ३६ का रबिन राई , साेहि स्थान बस्ने वर्ष २२ का वचन राई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश नम्बर .१-०२-०४५ प २६९९ नम्बरको माेटरसाईकल सहित रविन राईको साथ बाट नगद रु.२० हजार ५ सय रुपैयाँ बरामद गरेका छन ।उनी हरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय रंगेली मा राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *