युवा समाज सेवी तथा नेपाली काग्रेसका जिल्ला सदस्य गणेश थापाले वितरण गरे खाद्यय सामग्रीका साथै न्यानाे कम्वल ।थारु पाेर्टल

Spread the love

२६।पुष ।कानेपाेखरी 

विद्यानन्द चाैधरी

सेवा नै धर्म हो भन्ने  उदेश्यका साथ  कानेपोखरी वडा न -२ का  युवा समाज सेवी तथा नेपाली काग्रेसका जिल्ला सदस्य गणेश थापाले आज कानेपाेखरी वडा नं २का विभिन्न टाेलका १४ घर परिवारलाई खाद्यय सामग्रीका साथै न्यानाे कम्वल समेत वितरण गरेका छन । जसमा २५ केजि चामल १ लिटर तेल १ केजि नुन १ केजि दाल ५ केजि आलु  १ केजि चिनी र १वटा ब्लाङकेट वितरण गरेकाे छ । १जना बराबर ३ हजार मुल्य बराबरकाे सामग्री वितरण गरेकाे जानकारी युवा समाज सेवी थापाले थारुपाेर्टललाई  बताए ।

Open photo

सामग्री पाउनेहरुमा लुखिया खातुन,  भुतनी चौधरी, मान ब तामाङ , लैहरी चौधरी,  खौदी केवरत  ,राज कुमार ऋषिदेव , मधेन ऋषिदेव , निर्मला राजवंशी , सुनिता राजवंशी , सडकलाल राजवंशी,  सुरज राजवंशी,  अनुरोद ऋषिदेव,  कल्पना भुजेल र दिल कुमारी राई रहेका छन ।

यी व्यक्तीहरुकाे आर्थीक अवस्था निकै कमजाेर रहेकाे छ भने १जना अपाङ्गसमेत रहेका छन । थापा  सामाजीक काममा निकै अग्र स्थानमा मानिन्छ । याे पहिलाे चरणकाे कार्यक्रम रहेकाे र वडा नं २मा रहेका विपन्न तथा असाहयकाे खाेजी गर्दै सहयाेग गर्दै जाने उदेश्य रहेकाे छ। उक्त कार्यक्रममा युवा नेता मनिश न्याेपाने , गाेपाल खडकाकाे पनी उपस्थित रहेकाे थियाे ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *