पुष, ३० गते ,शुक्रबार
ए वान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ग्रामथान -६ नेताचौकले वृद्ध बृद्धा तथा असहायहरुलाई न्यानो कपडा बितरण गरेको छ।
संस्थाको अध्यक्ष सन्जय कुमार माझीकाे अध्यक्षता र ग्रामथान-६ का वडाध्यक्ष शब्द नारायण खा थारुको प्रमुख आतिथ्यमा संचालन भएकाे कार्यक्रममा संस्थाको कार्यसमितीहरु ,कर्मचारीहरु तथा शेयर सदस्यहरुकाे बाक्लाे उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा ग्रामथान,बुढिगंङ्गा र बेलबारीका गरी ४७ जना बृद्ध बृद्धा तथा अपाङ्ग असहायहरुलाइ न्यानो कपडा बितरण गरिएको थियो । कपडाका साथै संस्थाका ब्यवस्थापक सन्तोष कुमार सरदार थारुले आफ्नो व्याक्तिगत तर्फबाट परिवहन खर्च बापत रु १सयका दरले जम्मा ४७सय रुपैया बितरण गर्नु भएको थियो। भन्नै जानकारी लेखा संयोजक पृथीचन माझी थारुले थारु पाेर्टलाई जानकारी गरायाे । कार्यक्रममा लगभग १५० जनाकाे सहभागिता रहेकाे थियो भने कपडा र पैसा पाउने असहायहरु निकै हर्षित देखीएका थिए भने सहकारीलाई धेरै धेरै धन्यवाद समेत दिएका थिए ।