ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे १२ ओैं साधारणसभा सम्पन्न ।थारु पाेर्टल

Spread the love
पुष ३०
रबिन्द्र बराल
ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे १२ ओैं साधारणसभा सम्पन्न गरेको छ। रंगेली नगरपालिका ६ स्थित आफ्नै सहकारीकाे सभाहलमा बार्षिक साधारणसभा गरेको हाे ।
आर्थिक बर्ष ७७/७८ को प्रतिवेदन प्रस्तुत समेत संस्थाका अध्यक्ष सन्ताेष कुमार मंण्डलले प्रस्तुत गरेका थिए । संस्थाले कुल ७ करोड १३ लाख ३३ हजार १५ रुपैया लगानी गरेकाे छ । संस्था काे कुल पुजी २७ लाख ५१ हजार ३ सय रुपैयाँ रहेको छ । संस्थाले कुल लगानीमा ७७ लाख ८२ हजार ३ सय ९९ रुपैयाँ ऋण समेत असुली गरेको छ । संस्थाले ८६ लाख ८६ हजार ३ सय ७१ रुपैया शुद्ध मुनाफा समेत गरेको छ ।
संस्थामा ४ सय ५५ जना शेयर सदस्य रहेका छन । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , क्षेत्रमा कृषि फाईनान्स लाई वितिय कारोवार गर्दे आइरहेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, उत्कृष्ट कृषक हरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष डिल्लि पोख्रेल, विशिष्ट अतिथि जिल्ला सहकारी सँघ सचिव राकेश दाहाल, जिल्ला सहकारी कोषाध्यक्ष अमृत गुरुङ, जिल्ला सहकारीका सदस्य कमलेश्वर ठाकुर विभिन्न बडाका बडा अध्यक्ष सहकारी संस्थाका अशाेक मंण्डल, उषा कुमारी मंण्डल लगायत पदाधिकारी हरुकाे समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा संबाेधन गर्दे अतिथि हरुले गाउँ घरमा रहेको सहकारीले गरिव र आर्थिक स्थिति न्यून भएको घरपरिवार लाई सस्तो व्याजदरका ऋण उपलब्ध गराएकाेमा धन्यवाद समेत दिएका छन । सहकारीका अध्यक्ष सन्ताेष कुमार मंण्डल काे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *