प्रेस चौतारी मोरङकाे अध्यक्षमा सुदिप कोइराला  ।थारु पाेर्टल

Spread the love

३०।पुष।कानेपाेखरी

प्रेस चौतारी मोरङको  आठौं जिल्ला  अधिवेशनमा   सुदिप कोइराला निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

 

उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी चयन भएको नवनिर्वाचित अध्यक्ष कोइरालाले बताए । सदस्यहरूमा हरिहर नेपाल, दिपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दिपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई, राजकुमारी तामाङ, राजो उराव, भूपेन्द्र कटुवाल, भूमिप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुंगाना, मनोजकुमार महतो, सामना भट्टराई, संम्झना चौधरी, इश्वर दुलाल, रोमा दाहाल र तिलक नेपाली निर्वाचित भएका छन् ।

 

जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कार पनि वितरणगरेका थिए जसमा उर्लाबारीका अग्रज    पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई १५ हजार ५ सय नगद र कदर पत्रसहित सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *