कालोपत्रे सडक बनाउदा बनाउदै उक्किएको छ ।कमलस सामग्री प्रयाेग गरेर जन्तालाई झुक्याएकाे भन्दै स्थानीय आक्रोशित ।थारु पाेर्टल

Spread the love

कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिका – ६ पौडेल चौकदेखि ४ नं. को भलुवा खोलासम्म निर्माणाधीन कालोपत्रे सडक बनाउदा बनाउदै  उक्किएको छ ।कमलस सामग्री प्रयाेग गरेर जन्तालाई झुक्याएकाे भन्दै स्थानीय आक्रोशित बनेका छ्न ।पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन ।

खडग श्रेष्ठको घर अगाडी शुक्रबार साँझ गरेको कालोपत्रे बिहान उप्किएको छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताउँछन् । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको स्थानियको भनाई छ ।

‘हतारमा शुक्रबार राति सडक पिच गरिएको थियो । हामीले राती भइसक्यो । उज्यालोमा गर्दा गुणस्तरीय काम हुन्छ भनेका पनि थियौ । तर, निमार्ण कम्पनीले हतारमा काम गर्दा अहिले आएर पिच गरिएको सडकको कालोपत्रे उप्किएको छ,’ उनले भने ।
मापदण्ड अनुसार गुणस्तरीय काम नभएकोले स्थानिय तहले प्राविधिसहितको टोली आएर गुणस्तरहिन काम भएको ठाउँमा पुनः निर्माण गरिनुपर्ने स्थानियको माग छ । राम्रोसँग प्राइमर र सवबेस पनि मिलाएर नगर्दा कालोपत्रे उप्किएको स्थानियको भनाई छ । लाखौं खर्चेर निर्माण भएको पिच सडक बनाएको एक दिन पनि नहुदै भत्किएर जानु लज्जास्पद भएको स्थानियले बताए ।

कानेपोखरी गाउँपालिका इन्जिनियर रन्जन निरौलाले गुणस्तरीहन काम भएको ठाउँमा ठेक्कदारले पुनः निर्माण गर्नुपर्ने बताए । ‘पिच सडक निर्माणको क्रममा खराबी आएको ठाउँमा भत्काएर पुनः पिच गरिनुपर्दछ । त्यो काम ठेक्दारले गर्दछ,’ उनले भने । यसअघि पनि खराबी आएको ठाउँमा ठेक्कदरले भत्काएर पुनः निर्माण गरेको उनले बताए । सडक निर्माणको काम सम्पन्न भएर ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः मर्मतको काम हुने उनले बताए ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बिमल निरौलाले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोगले पनि कहिलेकाही समस्या आउने गरेको बताए । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिए सुधार गर्ने उनले बताए । उनले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाए । सडक उक्किएको ठाउमा ठिक टक बनाउनेहरुकाे भिड देखिन्छ र याे अहिले कानेपाेखरीकाे चर्चाकाे विषय बनेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *