केराबारी ब्यापार प्रबन्ध समितिको छैंठौं साधरण सभा सम्पन्न ।थारु पाेर्टल

Spread the love
१।माघ।
केराबारी गाउँपालिकामा रहेका व्यापारी व्यवसायीहरुको साझा संस्था केराबारी ब्यापार प्रबन्ध समितिको छैंठौं साधरण सभा शुक्रबार सम्पन्न भएको छ ।
Open photo
केराबारी ८ स्थित बन्धु पार्टी प्यालेसमा भएको साधरण सभाले विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुररुकार प्रदान गरेको छ । सम्मानित हुनेहरुमा केराबारीमा २०२९ सालदेखि केराबारीमा चिया नास्ता पसल सुरु गरी व्यापार व्यवसाय सुरु गरी लामो समय सम्म ब्यापार व्यवसायमा आवद्ध भई आफ्ना सन्ततीहरुलाई पनि व्यापारमा आवद्ध गराई आउनुभएका ७८ वर्षिय भद्रवहादुर थापालाई दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको थियाे ।
त्यसैगरी समितिको कार्यालय व्यवस्थापनमा सहयोग पुर्याउँने एकता सामुदायिक वन समितिका अध्यक्ष घनश्याम पौड्याल, सुन्दरहरैचा उद्योग वाणिज्य संघका नविर्तमान अध्यक्ष तथा निवर्तमान शाखा संयोजक नवराज चापागाई, लेटाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक ओमप्रकाश श्रेष्ठलाई सम्मान र कार्यालय व्यवस्थापक सञ्जु खड्कालाई कदर पत्र सहित पुरस्कृत गरिएको छ ।
साधरण सभामा संस्थाका महासचिव किशन शाहीले संस्थाले गरेका कार्यप्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने अध्यक्ष माधव थापाले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो । मोरङ ब्यापार संघको नवौं शाखा सदस्यको रुपमा रहेको केराबारी ब्यापार प्रबन्ध समितिले स्थापना कालदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको र सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना पिडित बाढीपिडित विभिन्न राहत वितरणको कार्यक्रमहरु संञ्चालन गरेको बताउनुभयो । संस्थाको अध्यक्ष माधव थापाको सभापतित्व र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित वहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथीहरु शान्तिकुमारी लिम्बू भूजेल,मोरङ ब्यापार संघका प्रतिनीधि तथा शाखा संयोजक चन्द्र भट्टराई,सुन्दर हरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज चापागाई,उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर वहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष खड्ग लुइटेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *