योजन अनुगमन र अपाङ्गता भएका संग भेटघाट ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, ५ माघ
मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन समितिले वडा नम्बर ८ मा योजना अनुगमन र अपाङ्गता भएकासङग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले डास खोला अन्तर्गत बीस बिघेमा ३ स्थानमा तारजाली स्पर निर्माण कार्यको अनुगमन गरेको हो । वडाको ९ लाख तथा उपभोक्ताको समेत गरि १० लाख ८ हजार रकम लागतमा योजना सम्पन्न भएको छ । त्यस्तै, महिला तथा बाललबालिका शाखा प्रमुख गीता कट्टेल तथा डाक्टर सहितको स्थानीय समाजसेवी सम्मिलित टोलीले अपाङ्गता भएका पिङगला लिम्बूलाई भेटि स्वास्थ्य जांच गरि केहि औषधि समेत प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *