कानेपाेखरी (मोरङ)
माेरङ झापा र सुनसरीमा बसोबास गर्ने धिमाल जाती पनि एक हुन् । आदिबासी जनजातिको सुचिमा धिमाल समुदाय सुचिकृत रहेको छ । नेपालको पुर्बी भाग मोरङ , झापा र सुनसरीको विभिन्न ठाउमा यी समुदायको बसोबास रहेको छ । यस बाहेक अन्य जिल्लामा समेत यी समुदायको बसोबास रहेको पाइन्छ ।
यी समुदायको आफ्नै भाषा, रितिरीबाज, पहिरण रहेको छ । मोरङका बिजय धिमाले नेपालको जनगणना तथ्यांक बि . स. २०६८ सालको जनगणनामा २६ हजार २९८ जनसंख्या धिमाल समुदायको रहेको जानकारी दिनुभयो । यो जाती अल्पसंख्यक रुपमा रहेको छ । यी समुदायको बिकासका लागि धिमाल जातिय बिकास केन्द्र समेत स्थापना गरिएको छ ।
मोरङका बिजय धिमालका अनुसार धिमाल जाती प्रकृतिको पुजा गर्दै आएको छ । यो जातिको नामाकरण र उत्पतीको प्रसङ्गमा अनेकौ कुरा आएतापनी यी समुदायको मौखिक इतिहास कायम रहेको उनले बताए ।यस क्षेत्रमा थारु, राजबंसी जाती सगै धिमाल समुदायको बसोबास रहेको इतिहास रहेको छ । कालान्तरमा धिमाल जाती घङघोर जङ्गल , हिंस्रक जिबजन्तु र महामारी रोग संग लडदै अहिलेको अबस्थामा आइपुगेको जानकारहरु बताउँछन् ।
यी समुदायका महिलाले लगाउने पहिचानको पहिरन पेटानी रहेको छ । महिलाहरूले लगाउने यी पोशाक सभ्य देखिन्छ । आफ्नै पोशाकको साथै महिलाहरूले चादिको गहना लगाउछ्न । यी समुदायको आफ्नै लोकगित समेत रहेको छ । यिनिहरुले आफ्ना पुर्खाको सम्झनामा गित गाउने गर्छन् ।