विजय धिमाल
६ ।माघ

अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ को तालिम आइतबार देखि सुरु भएको छ ।
धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी माञ्चको आयोजनामा मिस धिमाल २०१९ हुनगईरहेको हो । पहिलो दिन औपचारीक रुपले धिमाल जातीय विकास केन्द्रको हलमा अडिशनबाट छनौट भएका २६ जनालाई परिचयत्मक तथा नेतृत्व बिकास तालिम आयोजना गरिएको हो ।

नेपाल एक बहुजाति, बहुसंस्कार, बहुसाँस्कृति, बहुधार्मिक लागायत अनेकौ विविधताले भरिपुर्ण देश हो । विभिधता भित्र नेपाल देशको पूर्वि तराई क्षेत्रमा बसोवास गर्दै आएको आदिवासी भित्रको अलपसंख्यक जातिमा धिमाल पर्दछ । आफ्नो रहनसहन, धर्म, भाषा, कला, संस्कार, संस्कृति, भेषभुषा र पहिचान लगायत संरक्षण र संबद्र्धन गर्दै आएको छ । नेपालको पूर्वी तराई क्षेत्रको घनाघोर वनजंगल र हिंस्रक जिवजनावरसंग लुकामारी खेल्दै आएको इतिहास साक्षि छ । हालको २१ औँ शतावधिका युवाहरुले केही गर्न आवश्यक महसुस गरी धिमाल विध्यार्थी मञ्चले धिमाल समुदायमा रहेका युवतिहरुको व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धी संगै आफ्नो जातीय कला, भाषा, संस्कृति, पहिचानको सम्मान गरी अफ्नो समुदायलाई अघि बढाउन मदत गर्छ भन्ने हेतुले मिस धिमाल कार्यक्रम आयोना गरीएको समितिका कोषध्यक्ष सविता धिमालले बताइन ।

अडिशनमा छनौट भएका बसन्ती धिमाल दमक सेतुमारी, अनुषा धिमाल दमक बह्रघरे, एलिशा धिमाल दमक जबमुझार, रमिना धिमाल दमक अडियामहल, अञ्जली धिमाल काकुम बेलबारी, अञ्जली धिमाल तेलकुँरि, रविना धिमाल भिन्दा बेलबारी, एलिना धिमाल दमक दोघरे, सृजना धिमाल बिराटनगर, मनु धिमाल काठमाण्डौ, हिमा धिमाल सुनझोडा उर्लाबारी, स्वष्तीका धिमाल अठियावारी उर्लाबारी, आश्मा धिमाल आम्बारी उर्लाबारी, सिमा धिमाल मंगलबारे उर्लाबारी, निमा धिमाल आम्बारी उर्लाबारी, दुर्गा धिमाल मंगलबारे उर्लाबारी, प्रतिमा धिमाल बिर्तामोड, अनिशा धिमाल विर्तामोड, मनिका धिमाल पथरीशनिश्चरे, लक्ष्मी धिमाल पथरीशनिश्चरे, सुजता धिमाल कानेपोखरी, सुनिता धिमाल कानेपोखरी, अनु धिमाल इटहरी, निशा धिमाल दमक बाह्रघरे, अनु धिमाल इटहरी र अप्सरा धिमाल बिर्तामोड रहेका थिए । यसै तालिममा धिमाल विद्यार्थी माञ्चको बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी र दमक नगर समितिको पनि सहभागीता रहेको थियो । पहिलो दिनको सहजिकरण सामाजिक अभियना रुद्र तामाङले सहजिकरण गरेका थिए । माघ ७ गते देखि उर्लाबारी स्थित सेन्टरल फेसन हबको हलमा एक महिना सम्म तालिम छनौ भएका २६ जनालाई दैनिक तालिम दिइने कार्यक्रमका संयोजक सुनिल धिमालले जानकारी गराए ।

विषय संग सम्बन्धित व्यक्तिहरुबाट धिमाल संस्कार सांस्कृत इतिहास, आरजे भिजे, मोडलीङ, ग्रोमिङ, ब्युटी मेकप, जुम्बा÷पिटनेश, व्यक्तित्व विकास, आत्मरक्षक, समाज संग सम्बन्धित लगायत एक महिना सम्म तालिमहरु दिइने समितिका सदस्य रक्कि धिमालले जानकारी दिए । तालिमको कोरीयोग्राफर भने प्रमिशा बज्रचार्यले गर्ने समेत जानकारी दिए । मिस धिमाल विजेताले नगद १ लाख लगायत अन्य पुरस्काहरु, फस्ट रनरअपले ५० हजार नगद लगायत अन्य पुरस्काहरु, सेकेण्ड रनरअपले ३५ हजार नगद लगायत अन्य पुरस्काहरु रहेको जानकारी गराए । त्यस्तै मिस ट्यालेन्ट, पब्लिक च्वाइ, मिस क्यटवक, मिस एक्टिभ, मल्टिमिडीया एवार्ड, मिस पर्सानालिटी, मिस फोटो जेनिक यी सातवटा सव टाइटलमा नगद सहित पुरस्काहरु रहेको आयोजकले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका केन्द्रिय अध्यक्ष तेज बहादुर धिमाल बिशिष्ठ अतिथिमा धिमाल जातीय विकास केन्द्रका पूर्व अध्यक्ष नगेन्द्र बहादुर धिमाल, धिमाल जातीय विकास केन्द्रका संंथपक सचिब मोहन कुमार धिमाल अतिथिहरुमा कुमार धिमाल, धिमाल जातीय विकास केन्द्र झापा जिल्ला अध्यक्ष नेत्रकुमारी धिमाल, कोरीयोग्राफर प्रमिशा बज्रचार्य, जिवन चिमरिया, जनप्रनिधि ४ नम्बर वडाका वडाअध्यक्ष लक्ष्मीनारायण धिमाल, रुद्र तामाङ, बाङगाइ धिमाल, मात्रिका धिमाल लगायत रहेका थिएभने धिमाल विद्यार्थी माञ्चका महासचिव मिस धिमाल कार्यक्रमका संयोजक सुनिल धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम भने मिस धिमाल समितिका सचिव मणिराज धिमालले संचालन गरेका थिए ।