रंगेलीमा श्रद्धाञ्जली सभा तथा सहिद परिवार लाई गर्याे सम्मान ।थारु पाेर्टल

Spread the love
माघ ७ शुक्रबार
रबिन्द्र बराल
रंगेलीमा श्रद्धाञ्जली सभा तथा सहिद परिवार लाई सम्मान गर्दे कार्यक्रम गरेको छ। सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी नेपालले शहिद श्रद्धाञ्जली गरेकाे हाे ।
२०७२साल माघ ७ गते मधेश आन्दाेलनका क्रममा ज्यानकाे आहुति दिएका सहिदहरुकाे सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई श्रद्धाञ्जली दिएर छाैठाै सहिद दिवस मनाएका छन। उनी हरुले रंगेली काे मुख्य बजारमा रहेको कालिमंन्दिर प्राङ्गणमा सहिद दिवस मनाएका हुन ।
साे कार्यक्रममाकाे प्रमुख अतिथि राज कुमार यादव, बिषिष्ट अतिथि रामनन्द मंण्डल, अतीथी मृत्युजय झा , शिशुपाल यादव , पवन साेनी, भुपेन्द्र मंण्डल, रुपेश मंण्डल लगायत काे उपस्थिति समेत रहेको थियोे । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अतिथि हरुले भने आफूहरु अहिलेको संविधानमा प्राप्त अधिकारलाई संरक्षण गर्दै अपुरो रहेको हक अधिकारको लागि सधैं लडिरहने बताए ।
सो अवसरमा मधेश आन्दोलनका क्रममा सहिद भएका द्रोपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव गरी तीनजना सहिद परिवारलाई सम्मान गर्नुका साथै मृतक का परिवारलाई न्यानाे कपडा समेत बितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *