पथरी शनिश्चरे १० माघ
मोरङको पथरी शनिश्चरे नगरपालिकाको पहलमा वडा नं ३ स्थित सुवेदी चौकबाट एक असहाय महिलाको उद्धार गरिएको छ ।

तीन दिन देखि अलपत्र अवस्थामा रहनु भएकी बोली नआउने अन्दाजी ७० बर्षकी महिलालाई नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको पहलमा कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्य देवीप्रसाद घिमिरे सहित स्थानीयको सहयोमा उद्दार गरि संरक्षणका लागि इटहरीको माया घर पठाइएको छ ।