थारु पोर्टलको ब्यानरमा निर्माण भएको थारु फिल्म “तोर हमर कहानी”को टाईटल गीतको भिडियो बि.आर.सी. स्टुडियोकाे यु टुव च्यानलबाट सार्वजानिक हुदै । थारु पाेर्टल

Spread the love
१०।माघ।कानेपाेखरी
थारुपोर्टलको ब्यानरमा “तोर हमर कहानी” फिल्मकाे  टाईटल गित  भाेली बि.आर.सी. स्टुडियोकाे युटुव च्यानल वाट सार्वजानिक हुने भएकाे छ  ।
उक्त गित प्रेम कथामा आधारित  थारु कथानक चलचित्रकाे  प्रमुख गित रहेकाे छ ।जसमा करण सरदार थारु र लज नारायण चौधरीले निर्माण गरेका हुन । उक्त गितकाे   मुख्य कलाकार  भगत चौधरी र सेनुका बिश्वास काे बेजाेड प्रस्तुती रहेकाे छ भने , क्यामेरामा भोगेन्द्र, रोबिन र नृत्य निर्देशन भने दर्पी लाल सरदार (मुस्कान)काे रहेकाे फिल्ममा शिव थारुकाे सम्पादन रहेकाे छ । शृङ्गार तथा  (मेकअप) : कृष्ण सुवेदी र अबोध नारायण राजवन्शीले कलाकारहरुलाई शृङ्गार गरेका छन ।
गीता चौधरी र अभिराम चौधरीकाे सुमधुर स्वरले सजिएकाे गित एक प्रेम कहानीकाे गित रहेकाे छ ।  गितमा गीता चौधरीकै  संगित रहेकाे छ । रचना भने राज संघर्षले गरेकाहुन  भने  सुरज श्रेष्ठ (बिट्स स्टुडियो बिराटनगर)काे एरेन्जर रहेकाे  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *