अन्तर्राष्ट्रिय स्कुल अवार्ड रेडस्टार माविले प्राप्त गर्यो ।थारु पाेर्टल

Spread the love
पथरीशनिश्चरे , माघ -१२ /
मोरङको पथरीशनिश्चरे न.पा. स्थित रेडस्टार मा.वि. ले नेपाल सरकार शिक्षा विभाग संगको समन्वयमा ब्रिटिश काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड जितेको छ । बेलायतबाट प्रदान गरिने यो अवार्डको लागि सन् २०२०—२१ मा विभिन्न परियोजनात्मक कार्यहरु सञ्चालन तथा सम्पादन गरि सकेको रेडस्टारले आगामी ३ वर्षका लागि पुर्वोत्तर मोरङमै संस्थागत तथा सामुदायिक विद्यालयहरु मध्येबाट पहिलो पटक फूल इन्टरनेशनल अवार्ड हात पारेको हो ।
नेपाल सरकार शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव संसाधन केन्द्रको प्रत्यक्ष संलग्नता र ब्रिटिश काउन्सिल नेपालको आयोजनामा एक समारोहको बिच भर्चुअल माध्यम मार्फत  मिति २०७८/१०/१० गते नतिजा सार्वजनिक भएको र नतिजा ब्रिटिश काउन्सिलको वेबसाइटमा पनि हेर्न सकिने रेडस्टार मा.वि.का प्रबन्ध निर्देशक/प्रधानाध्यापक टि.एन. तिम्सिनाले जानकारी दिनुभयो ।
उक्त आइ.एस.ए. अवार्ड घोषणा कार्यवत्मको प्रमुख अतिथिको रुपमा शिक्षा तथा मानव संसाधन विकास केन्द्रका महा—निर्देशक चुडामणी पौडेल , अतिथिहरुमा ब्रिटिश काउन्सिल नेपालकी कन्ट्री–डाइरेक्टर साइदा मेकडोगल र साउथ एसिया ब्रिटिश काउन्सिलकी रिजनल एडुकेशन एन्ड इङ्लिस एकेडमी लिड एमिला एटफुट रहनु भएको थियो । विद्यालयस्तरको शिक्षण पद्वतिलाई समय सापेक्ष विश्व व्यापीकरण गर्दै एक देशको शिक्षण पद्वति अर्को देशको विद्यालयसंग जोड्नका लागि आइ.एस.ए. ले परियोजनात्मक कार्यद्वारा असल संस्कार सहितको जिवनोपयोगी शिक्षालाई प्रोत्साहन गर्दै आएको छ ।
जस अन्तर्गत रेडस्टार मा.वि. का विद्यार्थीहरुले ‘कनेक्टिङ क्लासरुम’ मार्फत आफ्नो कक्षाकोठाको सिकाइलाई भर्चूअल रुपमा पाकिस्तान, भारत, बेलायत लगायतका आफ्ना पार्टनर स्कुलका कक्षाकोठासंग जोडी एक आपसमा सिकाइ आदान प्रदान गर्ने गरेको विद्यालयका आइ.एस.ए. को–अर्डिनेटर राजु तिम्सिनाले बताउनु भयो । विद्यार्थीहरुले पार्टनर स्कुलसंग संयुक्त परीयोजनात्मक कार्य सञ्चालन गरि एक अर्काको देशको संस्कृति, परम्परा, सम्पदा, भाषा, प्रविधि तथा सिकाइका नयाँ नयाँ तरिकाहरु हरेक परियोजनाको संयोजक समेत रहेका शिक्षकहरुको सहयोगमा आदान प्रदान गर्ने गरिएको एक परियोजना संयोजक तथा शिक्षिका सुना लावतीले बताउनु भयो ।
एक पछि अर्को सफलता हासिल गर्दै यस विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालयहरुको सूचिमा रहेकाे छ । केहि वर्ष अघी कक्षा १२ को बोर्ड परीक्षाको नतिजामा व्यवस्थापन संकायतर्फत प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल यो विद्यालय यस वर्षको लागि मोरङमै एकमात्र आइ.एस.ए. अवार्ड पाउने विद्यालय बनेकोमा खुशी व्यक्त गर्दै विद्यालयका सहायक प्रधानाध्यापक बसन्त मादेनले यसको श्रेय सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक, स्थानिय निकाय र सम्बद्ध सम्पुर्ण संघ–संस्थालाई दिदै विद्यालयको  तर्फबाट आभार प्रकट गर्नुभएको छ ।
अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त भएसंगै ब्रिटिश काउन्सिलको प्रत्यक्ष निगरानीमा पाठ्यक्रममा आधारित विभिन्न परियोजनात्मक कार्यहरु गरि विद्यार्थी केन्द्रित सिकाइ गर्न अझै सहज हुने शिक्षिका सरिता भट्टराईले बताउनु भयो । महिला ससक्तिकरण परियोजना अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुसंग प्रत्यक्ष अन्तरव्रिmयामा सहभागी हुनु भएकी पथरीशनिश्चरे नगरपालिकाको उप–प्रमुख यमुना बिष्ट बास्तोलाले पथरीशनिश्चरे नगरपालिको तर्फबाट नगरमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड प्राप्त गर्न सफल भएकोमा रेडस्टार मा.वि. लाई बधाई ज्ञापन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *