नेपालको प्रथम रियालिटी शो द भ्वाइस किड्स अफ नेपाल–२०७८ को फाइनलिष्टमा परेका रुक्साना लाई किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीले गर्याे सम्मान । थारु पाेर्टल

Spread the love

माघ।१२।कानेपाेखरी 

नेपालको प्रथम रियालिटी शो द भ्वाइस किड्स अफ नेपाल–२०७८ को फाइनलिष्टमा परेका रुक्साना लिम्बुलाई पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।

१२ गते आज किरात याक्थुङ चुम्लुङ  पथरीशनिश्चरेले रुक्सानालाई सम्मान–पत्रले सम्मान गरेको छ।
सम्मान कार्यक्रममा किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य खिनमाया लिम्बु, प्रदेश  १ सदस्य सन्तोष सेरेङ, सिरिजंघा धार्मिक वनका अध्यक्ष गंगा साँबा, मौसम याक्थुम्बा,  संगीतकार देव गुरुङ, गायक तथा म्यूजिक डाईरेकटर ताराबिर पाण्डे, गायक नन्दु गुरुङ, गायक सन्दिप राई तथा  पथरीका  वुद्धिजिवि पत्रकार लगायतको समेत उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा  आफनाे भनाई राखदै  किरात याक्थुम चुम्लुङ नगर शाखा कमिटीका सचिव प्रेमबहादुर पयाङगु (लिम्बु)ले भावी दिनहरुमा अझ उत्तरोतर प्रगतिको कामनाका साथ शुभकामना दिएका थिए ।रुक्सानाले कार्यक्रममा, खेस्सेम्पे, यो मन त मेरो नेपाली हो, किन बढ्दैछ ढुकढुकी, हिजो आज तिम्रो मेरो… लगायतका गीतहरु गाएकी थिइन् ।

कार्यक्रममा बोल्दै संगीतकार गुरुङले, रुक्सानाको उज्वल भविष्यको कामना गर्दै नन्दु गुरुङसंग डोयट गीत गाउने कुराको जानकारी दिएका थिए ।यस्तै रुक्सानाले गायक तथा म्युजिक डाईरेकटर ताराबिर पाण्डे तिम्ले खुसी मारेर गयौ बोलको गीत रुक्सानासँग गाउने कुरा कार्यक्रम मार्फत् जानकारी दिएका थिए । रुक्सानाले आफूलाई भोट गरेर यहाँसम्म पुर्याएकाेमा खुशी हुदै धन्यवाद प्रकट गरेकी थिइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *