कानेपोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत ।थारु पाेर्टल

Spread the love

१३।माघ।कानेपोखरी ।

विद्यानन्द चाैधरी

मोरङकाे कानेपोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई स्वागत गरिएको छ ।

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भइ कानेपोखरी आएका घिमिरेलाई पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम लगायतले स्वागत गरेका हुन । आज बिहिवार पालिकाको सभाहलमा सम्पन्न स्वागत कार्यक्रममा बोल्दैँ पालिका अध्यक्ष काफ्लेले गाउँपालिकाको प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउँन अधिकृतको योगदान प्रभावकारी रहने कुरामा आफु विश्वस्त रहको बताउँदै सफल कार्यकाल शुभकामना दिएका थिए ।

यस्तै, उपाध्यक्ष राजमती इङ्नामले अधिकृत घिमिरेलाई स्वागत गर्दै भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन र कानेपोखरीलाई नमुना पालिकाको रुपमा निर्माण गर्न अहम भुमिका खेल्न समेत आग्रह गरिन । सो अवसरमा अधिकृत घिमिरेले सम्पुर्ण कार्यहरू बाडँफाड गरेर सौहादपुर्ण वातावरणमा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

साथै उनले जनप्रतिनिधि र कर्मचारीहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । घिमिरे पथरी शनिश्चरे नगरपालिका ५ हसन्दहका स्थायी निवासी हुन । सो कार्यक्रममा वडा अध्यक्षहरू चरण गुरुङ, मोहनप्रसाद अधिकारी, खडग बस्नेत, पालिका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको थियो । नव अधिकृत सन्तोष घिमिरे आउँनु अघि यस कानेपोखरी गाउँपालिकामा गायत्र श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका थिए । उहाँ १६ महिनादेखी कार्यरत  थिए भने उनी हाल सरुवा भएर मुख्यमन्त्री परिषदको कार्यालय विराटनगर गएका छ्न । उनलाई पालिकाले गत सोमबार बिदा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *