कानेपोखरी गाउँपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका गरी जम्मा  ४ हजार ४ सय बालबालिकालाई भोली र पर्सी कोभिड–१९ विरुद्धको खोप लगाउदै ।थारु पाेर्टल

Spread the love
माघ १५ । कानेपाेखरी ।
मोरङको कानेपोखरी गाउँपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयका बालबालिकालाई माघ १६गते आइतबार र सोमबार कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।
कानेपोखरी गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक र संस्थागत विद्यालयका १२ बर्ष देखी १८ बर्ष पुगेका विद्यार्थीहरुलाई आआफ्नो विद्यालयमा खोप लगाउने तयारी गरेको हो । संस्थागत विद्यालयलाई माघ १६ गते आइतबार र सामुदायिक विद्यालयका बालबालिकालाई माघ १७ गते सोमबार लगाउने तालिका स्वास्थ्य शाखाले बनाएको छ ।
शिक्षा शाखा कानेपोखरीबाट संस्थागत र सामुदायिक विद्यालयमा आएको निवेदन अनुसार एक महिना अघि विद्यालयले १२ देखी १८ बर्ष उमेर समूहका विद्यार्थीहरु कक्षा र नामवली शिक्षा शाखामा पुर्याएका थिए । १६ वटा संस्थागत विद्यालयको १५ सय १४ जना र १५ वटा सामुदायिक विद्यालयका २८ सय ६८ जना छात्रछात्राले खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *