माघ १५ शनिबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिकाकाे मंङ्गलबारे नहर देखि वडा नम्बर २ सम्मकाे सिमानामा रहेको नहरकाे पश्चिम तर्फ सडक बिस्तार गर्ने क्रममा गुणस्तरहिन काम भईरहेकाे छ ।

हुलाकी सडकलाई जाेडने ५ किलोमिटर सडक निर्माण गर्नका लागि जगदम्बा बिपिन कन्ट्रक्सन रंगेली १ ले ठेक्का पाएकाे थियोे । नगरपालिकाले उक्त कम्पनी लाई नगर भित्रकाे पाँच स्थानमा कामका लागी नगरले ७२ लाख रुपैयाँ बराबर मा ठेक्का दिएकाे छ । ठेक्केदार कम्पनीले सडक बिस्तर गर्ने क्रममा नहरकाे पश्चिम पट्टि सडक बडाउने क्रममा माटाेकाे प्रयोग गरेर सडक चाैडाई गर्नु पर्ने ईस्टिमेटमा भएता पनि जगदम्बाले वालुवा हालेर सडक चाैडाई गरे पछि स्थानीय आक्राेशित भएका हुन ।

स्थानीयले नगरपालिकाका ईन्जिनियर श्याम सिंह लाई सडककाे कमशल काम गरेको जानकारी गराएकाे भएता पनि अहिले सम्म कुनै सुनवाइ नभएको स्थानीयले आराेप लगाएका छन । ठेक्केदार कम्पनीले सडक निर्माणकार्य सुरु गर्नु भन्दा अगाडि सडक निर्माणको बारेमा सुचना पाटि राखेर काम सुरु गर्नु पर्ने भएता पनि कम्पनीले सुचना पाटि नै नराखि काम सुरु गरेको पाईएकाे छ ।

सडकमा कमशल कामकाे बिषयमा जानकारी लिनका लागि जगदम्बा विपिन कन्ट्रकसनका प्रमुख दुर्गा भट्टराईले आफू हरुले वालुवा नहालेर माटाे नै प्रयोग गरेको भन्दै पन्छिन खाेजेका छन । अहिले वालुवा हालिएको ठाउँमा स्थानीयले बिराेध गरेपछि पुन : चिम्टाईलाे माटाे हालेर वालुवा लाई धमाधम छाेप्ने कार्य समेत भईरहेकाे पाईएकाे छ । साे बिषयमा नगरपालिका ईन्जिनियर श्याम सिंहले भने आफुले वालुवा नहाल्न आग्रह गरेको भएता पनि ठेक्केदारले आफुहरुलाई समेत अटेर गरेर वालुवा हालेकाे हुनाले कार्वाहीका लागि पत्र काटने समेत जानकारी बताए ।
स्थानीयले भने ठेक्केदारले सडकमा वालुवा हालेको ननिकाले सम्म काम अगाडि नवडाउन स्थानीयले नगरपालिका तथा विभिन्न स्थानमा निवेदन समते दिईने स्थानीय सुभाष सिग्देलले बताए ।