श्रमिक सघ संगठनका पदाधिकारीसँग अन्तरक्रिया ।थारु पाेर्टल

Spread the love

पथरी शनिश्चरे १५ माघ

अनौपचारिक श्रम हित व्यवस्थापन कार्यविधि निर्माणका लागि मोरङको पथरी शनिश्चरे नगर भित्रका श्रमिक सघ संगठनका पदाधिकारीसँग विधायन समितिले अन्तरक्रिया सम्पन्न गरेको छ ।

समितिका संयोजक डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरका श्रमिकहरुको हितका लागि नगर लागिपरेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

नगरका कानूनी सल्लाहकार दीपककुमार राईले सहजिकरण गर्दै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हितका लागि कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको र त्यसमा उल्लेख गर्ने विषयमा छलफल गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *