किरात याक्थुङ चुम्लुङको पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशनले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति चयन ।थारु पाेर्टल

Spread the love
१७।माघ
लिम्बु समुदायको साझा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशनले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ ।
सोमबार मोरङको पथरीशनिश्चरे नगर स्थित सिरिजंङ्गा धार्मिक वनमा भएको अधिवेशनले उपाध्यक्ष गणेश थक्लुङ, सचिव धनप्रसाद साँबा, सहचिवमा भरत खजुम र कोषाध्यक्ष गंगामाया मादेनलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा सुजन साँवा, कोपिला लिम्बू, छत्र लिम्बू, वकिलमान थेबे, अजय लिम्बु, भक्तबहादुर जवेगु, सुमित्रा थाङदेन, सुरज लिम्बु, गणेश लिभाङ, छत्र सेरेङ, सुरन्ता लिम्बु सर्वसहमत चयन भएका हुन् ।
उद्घाटन कार्यक्रम पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो । नगर प्रमुख राईले शुभकामना दिदै लिम्बु भाषा विकासको लागि विभिन्न विद्यालय भाषामा पढाइ भइरहेको प्रसंग उल्लेख गरे । नगरमा राई, लिम्बु, संस्कृत लगायतको भाषा विकासको लागि नगरले सुरु गरेको कार्यक्रम स्थानीय तहको आउने अर्को सरकारले समेत बन्द गर्न नमिल्ने बताए ।
नगर प्रमुख राईले नगरमा रहेका भूमिहिन सुकुम्बासीहरुलाई तत्काल जग्गा वितरणको लागि प्रकृया अघि बढाइन बताए । नगर १० नम्बर वडा सदस्य अनोज घिमिरे, कियाचु मोरङ जिल्ला अध्यक्ष बिबेक लिम्बू लगायतको उपस्थिति रहेको कार्यक्रममा चियाचु केन्द्रीय सदस्य खिनामाया लिम्बू, १ नम्बर प्रदेश समिति सदस्य सन्तोष सेरेङ, राष्ट्रिय परिषद सदस्य फिपराज बेघा, फोनिज १ नम्बर प्रदेश निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, कियाचु नगर पूर्व पदाधिकारी देवेन्द्र वनेम, गणेश थक्लुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
बक्ताहरुले १ नम्बर प्रदेशको नाम पहिलाचको आधारमा किरात लिम्बुवान वा लिम्बुवान किरात जोड गर्नुपर्ने बताएका थिए । गएको निर्वाचनमा पथरीशनिश्चरे नगरमा आदिबासी जनजाति संग्राहलय निर्माण गर्ने आश्वासन दिएन नबनाएको चर्चा चलेको थियो । कियाचु लगायतका सामाजिक संस्थाहरुले किरात सिरिजंगा लिपीलाई साझा रुपमा प्रयोग गर्ने निर्णय भएकोले सबै मिलेर प्रयोगमा ल्याउनु पर्ने बक्ताहरुले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *