नेपाली काङ्ग्रेस सक्रिय हुदै नगरपालिकामा बुझाए ज्ञापनपत्र  ।थारु पाेर्टल

Spread the love
माघ १७ साेमबार रबिन्द्र बराल
नेपाली कांग्रेस रंगेली नगर कार्य समितिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
विगत केहि दिन देखि विभिन्न संचार माध्यम, पत्रपत्रिका एवं सामाजिक संजालमा रंगेली नगरपालिकाको विभिन्न वडाहरुको योजनाहरुमा भएको व्यापक अनियमितताको समाचारहरु प्रकाशित भए पछि नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका हुन ।
नगरपालिका भित्र भएको बिकास निर्माणकार्यहरु मापदण्ड विपरित भएकाे भन्दै त्यसता कामहरु अविलम्ब बन्द गरि स्थानिय विकास ऐन र नियम भित्र रहि कार्यहरु गर्न गराउन जोडदार माग गरेका छन । विभिन्न योजनाहरुको अनियमितताको विषय र रंगेली नगरपालिका भित्रको निमार्णाधिन योजनाहरुको सूचना हक र ठेक्केदार हरुले आफुले काम गरेका बिषयमा सूचना पाटी नराखी काम गरेको र १ हप्ता भित्र सूचना पाटी राख्न माग समेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ जनताको रगत पसिना बाट आएको करको रकम यसरी दुरुपयोग हुनु भनेको जनता प्रतिको गैरजिम्मेवारीता एवं भ्रष्टाचार हो र यस्ता गलत कार्यको नेपाली कांग्रेस पार्टीका लागी कदापी सहय हुँदैन । तसर्थ रंगेली नगरपालिकाको मिति २०७४ साल देखि हाल सम्मको सम्पूर्ण योजनाहरुको विस्तृत विवरण उपलब्ध गराउन माँग समेत गरेका छन ।
ज्ञापनपत्रमा भनिएकाे छ रंगेली-२ रंगेली रोड देखि उत्तर
रंगेली-१ सिमाना सम्म नहरको बाटो स्तर वृद्धि गर्न माटो पुर्ने काममा वालुवा हालेको ।
२. रंगेली- २ भलुवा पुल देखि महेश टोल जोडने सडकमा माटो पुर्ने काममा बालुवा हानेको ।
३. रंगेली ३ काजीमान चौक उत्तर बाटोमा माटो पुर्ने काममा वालुवा हालेको
४. रंगेली ६ सहरी स्वास्थ्य चौकीमा स्टीमेट अनुसार काम नगरेको
५. रंगेली-६ वडा कार्यालयमा विना विज्ञापन कर्मचारी नियुक्ति ।
६. रंगेली ५ वडा कार्यालयमा विना विज्ञापन कर्मचारी नियुक्ति
७. रंगेली अस्पताल कार्यकर्ता भर्ति केन्द्र भएको आवश्यकता भन्दा वढी कार्यालय सहयोगी नियुक्ति गरेको बिषयमा ज्ञापनपत्र बुझाएको हाे ।
नेपाली काङ्ग्रेसका नगर सभापति जगर्नाथ मंण्डल जिल्ला सचिव माेदराज घिमिरे , रामनारायण मंण्डल लगायत काे उपस्थिति ज्ञापनपत्र बुझाईएकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *