पथरी जेसीजद्वारा कट्टूसे राजमार्ग खण्डमा जेव्राक्रसिङ्ग ।थारु पाेर्टल

Spread the love
माघ -१७
पथरी जेसीजले पथरीशनिश्चरे नगरस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको व्यस्त कट्टूसे राजमार्ग खण्डमा जेव्राक्रसिङ्ग निर्माण गरिएको छ ।
आज सोमबार एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय पथरीका सह- ईन्चार्ज अच्युत सिग्देलले उद्घाटन गर्नुभएको हो । उक्त सामुदायिक वन क्षेत्रभित्रको आन्तरिक पर्यटकीय स्थलहरू अवलोकन भ्रमणका लागि आउनेहरूको बाक्लो भिडभाड बढ्दै गएपछि पथरी जेसीजको अगुवाइमा सडक पार गर्न सहज तुल्याउन र दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले सो जेब्राक्रसिङ निर्माण गरेको जनाएको छ ।
जेसीज वर्ष -०२२ की प्रथम महिला अध्यक्ष अनिता राई (अनु ) को अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा पथरी जेसिजका निवर्तमान अध्यक्षहरू क्रमशः वर्ष-०१९ का मान बहादुर दियाली , -२०२० का सन्तोष ढुंगेल , २०२१ का प्रदिपकुमार फूयाल सहितको उपस्थिती रहेको थियो भने वर्ष -२०२२ का बोर्डका सबै पदाधिकारीहरू समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको महासचिव राजकुमार बिस्वकर्माले जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *