जग्गाकाे बिबादमा छोराले गर्याे आमाको हत्या ।थारु पाेर्टल

Spread the love
माघ १८
May be an image of 1 person, standing and footwear
मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई  ९० बर्षीया आमा जगमाया श्रेष्ठको     हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
 माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले हिजो दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा  परेको तथा अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
                                                                                                                       १प्रदेश प्रहरी कार्यलयबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *