माघ १९ बुधबार
रबिन्द्र बराल

“कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारः आधुनिक र समृद्ध रंगेलीको आधार” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले छात्रा हरु लाई साईकल बितरण गरेको छ ।
नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा कक्षा १० (एसइई) उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण गरेको हाे । नगरभित्र रहेका सामुदायिक तर्फका १२ बटा माध्यमिक बिधालय बाट २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ बटा बिधालय का १ सय ५ जना छात्रा हरुलाई साईकल बितरण गरेको छ ।

बिधालयमा अध्यनरत बिधार्थीहरु मध्ये २०७७ सालकाे एसइई मा ४ सय १ जना छात्रा हरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षकाे बार्षिक बजेट बाट साे साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हाे । नगरपालिकाकाे प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिकाले साईकल बितरण गरेको हाे । कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया उपमेयर केशव कुमारी खराल, कार्याकारी अधिकृत नवराज कार्की , बडा अध्यक्ष रामचन्द्र मंण्डल, रुपेश मंण्डल, कृष्ण भट्टराई , शिक्षा अधिकृत रबिन्द्र पंण्डत , सुनिल साह, कार्यपालिका सदस्य शंकर साह, संस्थागत बिधालयका शिक्षक बिकर्ण कार्की , भक्तराज सुब्बा, बुद्धिजीवी सुरेश मिश्र , अबिभावक, बिधार्थी, लगायत काे उपस्थिति समेत रहेको थियो ।

कार्याक्रमका प्रमुख अतिथिले भने नगरपालिकाले ४ सय १ जना छात्रा हरुलाई पठनपाठनगर्न आउनकाे लागि आवतजावत गर्ने र बिधालय सम्म पुग्नका लागि सहज र सरल र छात्रा हरुले अझै राम्रो संग पढेर समाज र देशकाे लागि केही गर्ने सक्ने हाैसला बढाउनकाे लागि नगरले साईकल बितरण कार्यक्रम राखेकाे बताए ।
त्यसैगरी आगामी दिन हरुमा समेत अब आउने जनप्रतिनिधि हरुले यस्तो कार्यक्रम लाई निरन्तरता दिन समेत आग्रह गरका छन । नगरले ४ सय ७ थान साईकल खरिद का लागि Sanyo इन्टरनेशनल प्राइभेट लिमटेड काठमाण्डाैले ठेक्का पाएकाे थियो ।

कम्पनीले ३३ लाख ९१हजार ८ सय ३६ रुपैयाँ भ्याट सहित टेन्डर पाएकाे थियो । कार्यक्रम सहभागी हरुले यसरी नगरपालिकाले सामुदायिक र संस्थागत बिधालय लाई एक रुपताका साथ हेरेकाेमा नगरपालिकालाई धन्यवाद समेत दिएका छन ।