७ केजी चाँदीको गहना सहित सुनवर्सि बाट एक महिला पक्राउ ।थारु पाेर्टल

Spread the love
माघ १९
रबिन्द्र बराल
Open photo
मोरङकाे सुनवर्षी नगरपालीका वडा नं ६ स्थित नयाँ चाेक बाट चाँदीको गरगहना सहित एक महिला लाई पक्राउ गरिएको छ ।
दक्षिण बाट उतर तर्फ आउदै गरेको को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चाैकी डाईनियाँले उक्त महिलालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीकाे गोप्य सुचनाको आधारमा आईतबार दिउँसो ३ बजे सिटि सफारीमा सवार सुनवर्सि नगरपालिका ९ बस्ने वर्ष २९ की मन्जु सहनी ले भारत बाट नेपाल तर्फ अवैध रुपमा ल्याएको चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहनाहरु पक्राउ गरेको छ ।
गहना ठुलो पायल २० वटा,सानो पायल १सय १८ वटा, टिकटक पायल १४ वटा ,खुल्ला पायल १सय ६६ वटा र पातलो पायल २सय ४६ वटा गरी  अन्दाजी ७ के.जी. नेपाली रुपैयाँ सात लाख बराबरको रहेको प्रहरीले जनाएकाे छ । साे गरगहना  गर-गहना आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *