कानेपाेखरीमा  सुकुम्बासीहरुको स्थानीय सेवा केन्द्र स्थापना ।थारु पाेर्टल

Spread the love

माघ २१ ।कानेपाेखरी ।

विद्यानन्द चाैधरी

भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग अन्तर्गत कानेपोखरी गाउँपालिकामा स्थानीय सेवा केन्द्र कार्यालयकाे स्थापना भएको छ ।

सेवा केन्द्र कार्यालयको भूमी आयोगका केन्द्रीय अध्यक्ष केशब निरौलाले एक औपचारिक    कार्यक्रम विच विहिबार उद्घाटन गरेको हो । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमा दलका प्रतिनिधि, कार्यपालिका सदस्यहरु माझ अध्यक्ष निरौलाले स्थानीय तहमार्फत आयोगले काम अघि बढाउने भएकाेले  स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउँदै अरु जिल्ला भन्दा मोरङ जिल्ला यस कार्यमा अघि बढ्ने बताए ।

उनले अघिल्ला आयोगले काम जहाँ पुर्याएका थिए त्यहीबाट थाल्ने पनि बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सुुकुम्बासी समस्या सम्बन्धी यस अघि अरु पालिका भन्दा धेरै काम  भएको बताए । उनले यस अघिका लालबाबु पण्डित आयोग, बसन्त भट्टराई आयोगले वितरण गरेका धेरै पुर्जाहरु मोठकायम हुन सकेको छैन, नयाँ आयोगलाई त्यसको समाधान तर्फ लाग्न समेतआग्रह गरेका छन् ।

पुराना आयोगका अधुरा काम र दलित, भूमिहिन र अव्यवस्थित सुकुम्बासीहरुको समस्या समाधान गर्न गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष काफ्लेले बताए । गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले कानेपोखरी गाउँपालिकामा सुकुम्बासीहरुको समस्या जटिल भएकोले सरकार परिवर्तन हुने वितिकै अर्को कार्यालय उद्घाटन गर्ने भन्दा पनि सुकुम्बासीहरुको समस्या समाधान तिर लाग्नु पर्ने बताइन् । उपाध्यक्ष इङ्नामले भनिन् ‘सुकुम्बासीहरुको समस्या समाधान गर्ने भनेर एक बर्षमा दुई पटक गाउँपालिकामा कार्यालय उद्घाटन भइसक्याे ।

 

त्यो सुनेर सुकुम्बासीहरुले हामीलाई प्रश्न गर्न थाले धनीपुर्जा तपाईहरुले दिनुहुन्न रहेछ ।’ आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताए । कार्यक्रममा नेकपा एमालेबाट भोला अधिकारी, माओवादी केन्द्रबाट मनोज राजवंशी, नेपाली कांग्रेसबाट जबरबहादुर राई र नेकपा एसबाट भूमि दुलालले आफ्ना भनाईहरु राखेका  थिए ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी पनि उपस्थित रहेका थिए । कार्यक्रम छौटौ अधिकृत गोविन्द फुयलले सञ्चालन गरेका थिए भनेदलित, भूमिहिन र अव्यवस्थित सुकुम्बासीहरुको कार्यालय स्थापना गरेको दोस्रो पटक हो । यस अघि देवी ज्ञवाली आयोगले गाउँपालिकामा २०७७ माघ १० गते लगत संकलन इकाई कार्यालय स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *