२०।माघ
कानेपोखरी । स्थानीय तहको निर्वाचन तुरुन्त गर्नुपर्ने माग सहित नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटीले बुधबार रमाईलाेमा विरोध प्रर्दशन गरेको छ ।
कानेपोखरीको रमाइलो बजार परिक्रमा गर्दै राष्ट्रिय युवा संघ, अनेमासंघ र अनेरास्ववियुका कार्यकताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर, संविधान र लोकतन्त्रको रक्षा गर, लिपुलेक-कालापानी र लिम्पियाधुरा फिर्ता गर, अपराधीक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर लगायतका लिखित नारा बोकि सरकारविरुद्ध नारा वाजीका साथैप्रर्दशन गरेका थिए ।
रमाईलाे बजार परिक्रमा गरेपछि रमाइलो चोकमा कोण सभालाई नेकपा एमाले मोरङ जिल्ला सदस्य दान बहादुर बस्नेत, राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सद्स्य मोरङ जिल्ला संयोजक नवीन पौडेलले लगायतलेसम्बोधन गरेका थिए ।