सांसद ओझालाई मतदाताहरुले ११ ओटा मालाले गरे सम्मान ।थारु पाेर्टल

Spread the love
२० माघ/
बेलबारी प्रदेश नं १ का प्रदेश सांसद राजकुमार ओझालाई बेलबारीमा ११ वटा मालाले स्वागत तथा सम्मान गरिएको छ।
निर्वाचन क्षेत्रको बेलबारी नगरपालिका वडा नं ११मा विकास निर्माणका ठूल्ठूला योजनाहरु ल्याइदिएको,चुनाबमा बोलेका प्रतिबद्धता पूरा गरेको भन्दै सोही वडा स्थित पृथ्वी टोल विकास संस्थाले ११ ओटा मालाले सम्मान गरेको छ। सांसद ओझालाई बेलबारी११ मा११ केजीको ११ ओटा मालाले सम्मान गर्दै टोल विकास समिति अध्यक्ष लालकुमार गुरुङ्ले भुईँ मान्छेहरुको आवाज सुनेर विकासका योजना ल्याइदिने सांसद ओझालाई फेरि पनि जनताले जिताउने खुलासा गरे।
साथै गुरुङले योजनाका लागि पहल गर्ने र निरन्तर मन्त्रालय धाएर जनताको पक्षमा काम गर्ने उपमेयर ढाकाकुमारी पराजुलीलाई पटकपटक धन्यवाद दिए। प्रदेश नं १ को बेलबारी ११ मा बहुवर्षीय आयोजनामा निर्माण हुन गइरहेका प्रगतिमार्ग, पृथ्वीमार्ग र मिलनमार्गको कालोपत्रे सडकको संयुक्त रूपमा शिलान्यास गर्न बेलबारी वडा नं ११ लक्ष्मीमार्गमा पुगेका सांसद ओझालाई स्थानीयले उक्त परिमाणको मालाले सम्मान गरेका हुन् ।
वडाको विकासमा विशेष योगदान दिएको भन्दै पृथ्वीटोलबासीकोे तर्फबाट टोल विकासका अध्यक्ष लालकुमार गुरुङ र शोभा राईले सांसद ओझालाई रातो फूलको ११ वटा मालाले सम्मान गरेका थिए । सम्मानपछि बोल्दै सांसद ओझाले आफू जनताले चुनेको प्रतिनिधि भएका कारण जनताको भावनाको सम्मान गरिरहने र खास भुइँमान्छेका आवाजलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।उनले गुणस्तरीय कामको लागि कुनै सम्झौता नहुने समेत बताए।वडाध्यक्ष यमबहादुर पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक अगुवा शिव काफ्ले,बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले मन्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *