२१।माघ ।कानेपाेखरी
अहिलेको २१ औं सताब्दीमा पनि थारु युवायुवती हरु एकता छैनन् जस्तो अनुमान गर्दैछु । मैले २०७० साल देखि प्रवास मा बसेर पनि भोख प्यास निन्द्रा लाई हरन गरि सामाजिक संजालको माध्यम फेसबुक अथवा फेसबुक पेज बाट नै चर्चाको विषय बनेको छु कारण : २०७० साल देखि आफ्ना थारु समुदायलाई मध्यनजर गर्दै थारु कला संस्कृति संस्कार भेषभुसा पहिचान रितिरिवाज लगायत थारु समुदायमा भएका कुरिती बिकृती बिसंगतीका बिषयमा आफ्नै पुर्वी कोचिला थारु भाषा को माध्यम बाट साहित्य लिपि कविता, गजल, सायरी, मुक्तक, संवाद ,महावाणि आदि लेखेर सकारात्मक पक्षमा रहि आवाज उठाउदै साहित्य लेखरचनाहरु कोर्दै प्रस्तुति गरेको छु , गर्दै आइ रहेको छु , गरि रहन्छु,।
त्यति मात्र नभइ विभिन्न वेबसाईट बाट पनि मेराे लेखरचना साहित्य कविता हरु उचित मुल्यांकन गरिदै थारु एकताका निम्ति विशेष जोड तथा निर्देशन गरिदै सामाचार सम्प्रेषण हुँदै आएका छन । म एउटा व्यक्तीको नाउँ वा गाउँ मात्र होइन मोरङ सुनसरी समाजकै नाम राखेर थारु पहिचान अचरा खडकि चोलिया पहिरन तथा कुरिती बिकृती मा जोड दिई समाजका क्यान्सर रोग दहेजप्रथा जस्ता बिकृती बिसंगतिका आवाज उठान गर्ने असलिल शब्द आफ्ना साहित्यमा प्रयोग गरेको छु ।
त्यस्ता लेखरचना लाई उच्च मुल्यांकन गर्दै पुर्वान्चलको एउटै सेरोफेरो सप्तकोसी एफएम ९० मेघाहर्ज पुर्वी कोचिला थारुभाषा कै साप्ताहिक रेडियो कार्यक्रम भुरकवातारा कार्यक्रम बाट थारु युवा साहित्यकार भनी थारु पत्रकार लिलानाथ गच्छदार ज्यु बाट थारु युवा साहित्यकार भनेर उदयमान भएको छु ।
साथै ( विवेकशील थारु युवा समूह सुनसरी मोरङकै होनहार कृयाशिल सदस्यीय रमेश चौधरी र समूह कै पुर्व सचीव मनिता चौधरी लगायत समाजका बुद्धिजीवी हरु बाट समूहको मुल जन्मदाता भनेर खुलासा गरिएको छ। ) अझै भन्नू पर्दा अचेलको राजनैतिक अवस्था फर्केर हेर्दा हाम्रो आम थारुमा लागेको दाग कहिले मेटाउन सकिन्छ भन्ने कुरामा दु:खद व्यक्त गर्दै नेताकार्यकर्ताहरुलाई समेत बाँकी राखेको छुइन यसै सन्दर्भमा लेखेको १ अंश राख्न चाहन्छु ।
थारु हुनुमा गर्व छ : थारु नेताकार्यकर्ता हरु किन अन्योल मा छ त? थारु आखिर नेपाली भुमिपुत्र आदिवासी हुन भारु त होइनन् नि ? तर पनि राज्यबाट बन्चित भएको छ किन ? थारु नेताकार्यकर्ता हरु मन्त्री नभएको होइन मन्त्र फुक्न नजानेर थारु नेताकार्यकर्ता आफैमा बिवादित भएका हुन त्यसैले थारु नेताकार्यकर्ता हरु लाई केही भेद : थारु एकता हुनु एकदमै जरुरी छ ।
थारु थारु मा भेदभाव नगरी अगाडी बढनु छ । थारु थारु हो थारुको पहिचान इतिहासमा राख्नु छ । थारुको एउटा आफ्नै भूगोल तयार पार्नु छ । थारुमाथी गरिएको शोषण दमनलाई परास्त गर्नु छ । थारु थारु एकताका निम्ति सहकार्य गर्नु छ । थारुले थारुको मागमुद्दा पहिचानलाई सम्बोधन गराउनु छ । थारुले आम थारुलाई समेट्नु छ । थारु लाई विश्वको इतिहास मा लेख्नु छ ।
थारु थारु नै हो यहि संदर्भ मा विस्लेशन गर्नु छ । म थारु समाजलाई केहि पाठ सिकाउछु । म थारु समाज संग अर्थात समाजमा भएका हरेक बिकृती बिसङ्गतीका गतिबिधि संग गाउँ गाउँ समाजमै गएर प्रत्यक्ष सार्वजनिक सुनुवाइ को जवाफ दिन तयार छु एक जनाको प्रशन उत्तर दिन गाह्रो छ, किनकि कोहि मान्यता दिदैनन, मैले बुझेको छु, म समाज कै ती प्रशनहरुलाइ जवाफ दिने छौं, त्यसमा तितामीठा प्रस्न हरु आउन सक्छ, म स्वागत गर्दै सहि उत्तर दिन तत्पर छु किन कि म अहिले २-४ जना संग मात्र प्रतिस्पर्धा गर्दै छु,।
त्यो हिम्मत म मा छ मलाइ बिस्वास छ म समाज लाई केही पाठ सिकाउछु,। चिन्तन गर्नुस मनन गर्नुस मुल्यांकन गर्नुस,। अरु त म के अवस्था मा छु ? कस्को बिरोधमा छु ? के चाहन्छु ? थाहा भएकै कुरा हो,। बुझेर पनि बुझ पचाउने समाजमा हामी कहिलै माथी पुग्न सक्दैनौं ।
थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ कतार बाट सन्देश !