रंगेलीमा युवा संघ द्वारा बिराेध प्रदर्शन ।थारु पाेर्टल

Spread the love
माघ २१ शुक्रबार
रबिन्द्र बराल
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रंगेली नगरपालिकाकाे कमिटीले बुधबार विरोध प्रर्दशन गरेको छ । रंगेलीकाे बसपार्क मुख्य बजार हुदै रंगेलीकाे कालिमंन्दर प्राङ्गणमा आएर काेण सभामा परिणत भएको थियोे ।
राष्ट्रिय युवा संघ, अनेमासंघ र अनेरास्ववियुका कार्यकताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर, संविधान र लोकतन्त्रको रक्षा गर, लिपुलेक-कालापानी र लिम्पियाधुरा फिर्ता गर, अपराधीक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर लगायतका लिखित नारा बोकि सरकारविरुद्ध प्रर्दशन गरेका थिए ।
कोण सभालाई अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा अनेरास्ववियु रापस विशाल पराजुली युवा संघ रंगेली नगर कमिटि अध्यक्ष क. बमलाल सवास खेलकुद महासंङ रंगेली नगर कमिटि अध्यक्ष  राम चिमरिया, अखिल महिला सघ मोरङ्ग जिल्ला कमिटि कोषाध्यक्ष उषा झा नेकपा एमाले रंगेली नगर कमिटि सचिव  सन्तलाल सवास लगायतकाे उपस्थिति समेत रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *