माघ २४ साेमबार
रबिन्द्र बराल

माेरङकाे हुलाकी सडक लाई जाेडने गरि गिरिजाप्रसाद कोइराला मार्गकाे निर्माणकार्य सुरु भएको छ। लरिकट्टा देखि गोविन्दपुर काे फलामे पुल सम्म काे सडक बन्ने भएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन, विराटनगर ले सडकमा निर्माणकार्य का लागि कुल २ करोडौं ५७ लाख १५ हजार ८ सय ७६ रुपैयाँ ६२ पैसा मा ठेक्का दिएको छ ।
साे ठेक्का शिव शक्ति – वीर जेभी, मोरङले पाएकाे हाे । सडक निर्माणकार्य सुरु गर्नेका लागि बिधिवत रुपमा शिलान्यास गरेर सुरु गरिएको हाे । २०७८ माघ १६ गते ठेक्का पाएकाे शिव शक्ति ले उक्त सडक खण्ड ५ महिना भित्र अर्थात २०८९ असार ३० गतेसम्ममा निर्माणकार्य सम्मन गरि सक्नुपर्ने सम्झौता गरिएको छ ।
सडकमा बस्ति भएको ठाउँकाे दायाँबायाँ तर्फमा नाला तथा क्रस ड्रेनेज र रिटेनिङ स्ट्रक्चर सहित हुनुपर्ने र सडक ५० फिट चाैडाई र २१ सय मिटर लम्बाई हुने भएको छ । आईतबार साे सडकमा रतुवामाई नगरपालिकाका मेयर रविन राईले अनाैपचारीक रुपमा शिलान्यास गरेर सडकमा ग्रावेल सम्मकाे काम गर्नकाे लागि ठेक्केदार लाई जिम्मेवारी दिएको मेयर रबिन राईले बताए ।
सडककाे निर्माणकार्य समय अबधि भन्दा १ महिना अगाडि सम्पन्न गरि सक्ने शिव शक्ति – वीर जेभी, मोरङ प्रमुखलेे भने आफु हरुले माेरङकाे विभिन्न स्थान हरुमा सडक बनाउने देखि ग्रावेल सम्मकाे काम गर्दे आईरहेकाे र सबै स्थाना समय अबधि भन्दा अगाडि नै निर्माणकार्य सम्पन्न हुने निर्मल भट्टराईले बताए ।