माघ। २६ बुधबार
रबिन्द्र बराल

आजको आवश्यता सहकारीमा आवद्धता भन्नेे मुल नाराकाे साथ महर्षी मेहि कृषि बचत तथा ऋण सहकारी संस्थाको नवाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सहकारीलेे आफ्नैै नयाँ भवनमा कार्यक्रम गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ७८ /७९ को आयव्यय प्रस्तुत समेत गरिएको थियो । संस्थाले वार्षिक कारोबार ६ करोडौं ७८ लाख २८ हजार ७०रुपैयाँ रहेको छ । कुल आम्दानी ६४ लाख ८४ हजार २सय २९रुपैयाँ रहेको र कुल खर्च ६१ लाख ७४ हजार ७ सय २७ रुपैयाँ गरेको छ भने शुद्ध नाफा ३०लाख ९ हजारौं ५सय १रुपैयाँ गरि कुल लगानी २ करोडौं ,९० लाख ३१ हजार ८सय ४३रुपैयाँ गरेको बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फ बाट संस्थाका अध्यक्ष अशेश्वर प्रसाद साहले प्रस्तुत गरेका थिए ।

६ सय ८० जना शेयर सदस्य रहेको छन । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँपालिका का क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, धितो कर्जा, ब्यबसायिक ऋिण, फाईनान्स लागायत वितिय कारोवार गर्दे आइरहेको छ ।

सस्थाले जेष्ठ शेयर सदस्य तथा उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता, ऋणी लाई समेत सम्मान गरिएको थियो । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला सहकारी संघ माेरङका जिल्ला अध्यक्ष डिल्ली पोखरेल, विशिष्ट अतिथि रंगेली नगरपालिका प्रशासकीय अधिकृत नवराज कार्की, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष सुमित पौडेल , सद्भाव बचतका अध्यक्ष कमलेश्वर ठाकुर , संस्थाका अबिषेक अधिकारी , प्रमाेद चक्रवति, संस्थाका उपाध्यक्ष अबिषेक अधिकारी लगायतकाे उपस्थिति समेत रहेको थियोे ।