२६। माघ

मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन समितिले ३ वटा सम्पन्न योजनाको आज अनुगमन गरेको छ ।
नगर उपप्रमुख एवम अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाइमा समिति सदस्य निर्मला गदाल, सदस्य एवम नगर इन्जिनियर सन्तोष केसी सहितको टोलीले अनुगमन गरेको हो ।
वडा नम्बर २ र ३ को सिमाना जोड्ने फायर लाइन सडकको ग्राभेल कार्यको अनुगमन गरेको छ । दुवै वडाको गरि ६ लाखको बजेटमा ९ सय ४५ मिटर सडक ग्राभेल भएको छ । त्यस्तै, नगरको ६ लाख र उपभोक्ताबाट समेत गरि ६ लाख ७२ हजारमा निर्माण जारी रहेको वडा नम्बर ५ स्थित मौलीबारी कल्भटको समेत अनुगमन भएको छ ।

७ लाख रुपैयाँ बजेटमा वडा नम्बर १ को सुन्दर बस्ती पुछार हुँदै हनुमान चौक दक्षिण २ नम्बरको स्वागत टोलसम्म खानेपानी पाइप बिस्तार कार्यको पनि अनुगमन गरिएको छ । वडा नम्बर ५ मा पैनीले भत्काएको बाटोको र सुन्दरी चौक र मौलीबारी जोडन निर्माण अघि बढेको झोलुङ्गे पुलको पनि निरीक्षण गरिएको छ ।