माघ २६ बुधबार
रबिन्द्र बराल
सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेड काे १२ ओैं साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ७ मा रहेको आफ्नै प्राङ्गणमा बार्षिक साधारणसभा गरेको हाे ।
आर्थिक बर्ष ७८/७९ को आयव्यय प्रस्तुत समेत संस्थाका अध्यक्ष इन्जिन्यर कम्लेश्वर ठाकुरले गरेका थिए । संस्थाले कुल ९ करोड ६५ लाख ८७ हजार ८ सय २२ रुपैया लगानी गरेकाे छ । संस्थाले १ करोड ५५लाख २३ हजार ६ सय ४६ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च १ करोड ३३लाख ३ हजार २ सय ७४ रुपैया गरेको छ ।
संस्थाले २२ लाख२० हजार ३ सय ७२ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । संस्थामा ९सय २४ जना शेयर सदस्य रहेका छन । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपाल थान गाउँपालिका, क्षेत्रमा कृषि फाईनान्स लाई वितिय कारोवार गर्दै आइरहेको छ । सो अवसरमा सस्थाले मकालु टेलिभिजनका रंगेली रिपोटर दिलिप अग्रवाल, एभिन्युज टेलिभिजनका पत्रकार रवीन्द्र बराल लाई संस्थाले सम्मान गरिएको थियोे ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता,कर्मचारी , ऋणी हरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल , विशिष्ट अतिथि माेरङ जिल्ला सहकारीका अध्यक्ष डिल्ली पोख्रेल अतिथि हरुमा सद्भाव बचतका अध्यक्ष कमलेश्वर ठाकुर , बुद्धिजीवी श्यामलाल शर्मा मचिन्द्र कटुवाल , दिनेश ठाकुर बितिय संस्थाका प्रमुख ,बडा अध्यक्ष रामचन्द्र मण्डल, लगायत विभिन्न संस्था का प्रतिनिधि हरुकाे समेत उपस्थिति रहेको थियोे । कार्यक्रममा संबाेधन गर्दैअतिथि हरु ले गाउँ घरमा रहेको सहकारी ले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवार लाई सस्तो व्याजदरका ऋिण उपलब्ध गराएकाे मा धन्यवाद समेत दिएका छन ।