पथरी शनिश्चरे २७ माघ
मोरङको पथरी शनिश्चरे नगरले वडा नम्बर ५ का आर्थिक विपन्न ज्येष्ठ एकल महिलाका लागि दाउरा बाल्ने बायोमास चुल्हो वितरण गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सो वडाका आदिवासी समुदायका आर्थिक विपन्न ५ जना ज्येष्ठ एकल महिलालाई ससाना दाउरा, झिंजा बाल्ने ५ वटा फलामे चुल्हो वितरण गर्नुभएको हो । साथै उहाँले विरामी अवस्थाका ज्येष्ठ एकल महिलाहरुलाई भेटी स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।