फाल्गुन १ आईतबार
रबिन्द्र बराल


नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग निलम्बन पुल डिभिजन कार्यालय ले बिहिबारे घंटा माई खोल बहुस्पन ट्रेल ब्रिज निर्माणकार्य सम्मपन्न गरेको छ । मल्टिस्पेन निलम्बन स्प्यान ८ सय २०.२२ मिटर लम्बाई रहेको र समय अबधि भन्दा ६ महिना अगाबै निर्माणकार्य सम्पन्न भएको छ ।

पुल निर्माणकार्य सम्पन्न भए पछि साे गाउँका मागुना,पलास र बिहिवारे, धन्टे,सविरे , जुवाले तथा माझिटारका स्थानीय हरु लाई उक्त खाेलामा ट्रेल बिज बने पछि खुशीले दङ्ग भएका छन । साे क्षेत्रमा रहेकाे श्रि विन्ती विनायक बिधालय र भगवान माध्यमिक बिधालयमा अध्यनरत छात्र, छात्रा हरुलाई पठनपाठनका लागि सबैभन्दा बढि फाइदा पुगेको महमाईका मेयर दिपक कुमार थेवै ले बताए ।
बिगतका दिन हरु मा उक्त ठाउँमा पुल नहुदा बिगत बर्षमा ३ जना बालबालिका हरु लाई खाेलमा आएकाे बाडिले अकालमै ज्यान गुमाउनु परेको स्थानीयले बताए । उमा/थानी हिमशिखर ले २०७७ साल असार १९ गते पुलकाे ठेक्का सम्झौता गरेेर २०७९ असार २ गते काम सम्पन्न गरि सक्नुपर्ने भएता पनि ५ महिना अगाडि नै निर्माण कार्य सम्पन्न गरेको छ । नेपाल सरकारकाे कुल ७ करोडौं ४३ लाख रुपैयाँको लागत झुलुङ्गे पुल मा निर्माण भएको हाे ।

उक्त खाेलामा लामो पुल बनेपछि साे क्षेत्रका स्थानीय हरुलाई आवाज मात्रै नभए र पर्यटन काे दृष्टिकोणले पनि सो क्षेत्रको महत्व बढ्दै जाने स्थानीय काे भनाइ रहेको छ । अहिले दैनिक सो ठाउँमा लगायतका विभिन्न स्थानबाट सयौँ युवा , युवती बृद्ध लगायत सर्वसाधारण हरु उक्त पुलमा आएर फोटो खिच्नेे , मनाेरम दृश्य अबलोकन गर्ने र टिकटक समेत बनाउने गरेका छन । नेपाल सरकारले ताेकेकाे मापदण्डअनुसार उक्त कम्पनी ले सबै प्रक्रिया पुर्याएर निर्माण कार्य सम्पन्न गरेकाे उमा थानीका प्रमुख ठेक्केदार लाेक बहादुर बस्नेतले बताए ।