नेपाली छातीमा अमेरिकी बुट स्वीकार्य छैनः भण्डारी ।एमसीसी विरुद्ध पथरीमा विरोध प्रदर्शन,थारु पाेर्टल

Spread the love
१।फागुन।
मोरङको पथरीशनिश्चरे नगरमा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज (आइतबार) विरोध प्रदर्शन गरेको छ । पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी–खरेज गर, देश बेच्न–पाइन्दैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु–एक हौ, लगायतका नारा लगाउदै पथरी बजार परिक्रममा गरेका थिए । पूर्वपश्चिम मुख्य सडक स्थित जाँते मोडबाट सुरु भएको र्याली लोकतान्त्रिक चोक, रत्न चोक, यलम्बर, सुनाखरी चोक, बजारलाइनहुँदै पुन मुख्य सडकको सोही स्थानमा आएर कोण सभामा परिणत भएका थिए ।
कार्यक्रममा नेकपा (एस)को १ नम्बर प्रदेश समिति सदस्य तथा मोरङ जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले एमसीसी राष्ट्रघाती भएको बताए । राईले एमसीसीको कारण देश दुई ध्रुर्बमा विभाजित भएको उल्लेख गर्दै देश बचाउन सचेत नेपाली नागरिकहरुले सो परियोजना खारेज गर्न आन्दोलनमा लाग्नुपर्ने बताए ।
त्यसैगरी प्रदेश सदस्य टंक भण्डारीले एमसीसी मार्फत अमेरिका नेपालीको छातीमा बुट बजार्न खोजेको भन्दै नेकपा (एस) प्रतिरोधमा उत्रिने बताए । भण्डारीले एनसेलबाट ७२ अर्ब कर लिन चासो नगर्ने नेताहरु अमेरिकालाई ५५ अर्बमा नेपाली सार्वभौम बेच्न खोजेको आरोप लगाउदै आफूहरुले पुरा हुन नदिने बताए । उनले एमसीसी लगायतको राष्ट्रघाति योजनाको विरुद्धको आन्दोलनको नेतृत्व नेकपा (एस)ले गर्ने र राष्ट्रघात विरुद्ध तीन करोड नेपाली उत्रिनुपर्ने दिन आउने भण्डारीको भनाइ थियो ।
कार्यक्रममा युवा संघ नेपालको केन्द्रीय सदस्य बिकास राई, जोन सुब्बा लगायतले बोलेका थिए । विरोध प्रदर्शन कार्यक्रममा पथरी उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्षसमेत रहेका पार्टी प्रदेश सदस्य दीपक बस्नेत, नगर अध्यक्ष तुलशी ढकाल लगायत करिव तीन सय नेता कार्यकर्ता विरोध कार्यक्रममा सहभागि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *