२ ।फागुन

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी भएकाे छ । उक्त आगलागीमा
लगभग ९ लाख बढीको समान जलेर नष्ट भएको छ। सो स्थानमा रहेका ३ वटा परिवारको टहराहरू र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो ।

ए १ हट नं-१९ का तिलक राईको पुरानो तीन वटा टहराहरुमा राखिएको महत्वपूर्ण कागजात वाहेक अन्य अत्यावश्यक खाद्यन्न , लुगाफाटा , भाडाकुडा मोवाइल -३ थान , साईकल-२ थान , सिलिन्डर ग्यास-२ थान ,३ तोलाको गरगहना र बन्दै गरेको कंक्रिट घरको लागि जोहो गरी राखेको ४ लाख बढिको नगद लगायतका स सामान जलेर नष्ट भएको पीडित परिवारका छोरा अर्जुन राईले बताउनुभयो ।

सोमबार दिउँसो ३:३० बजेतिर बंगुरको लागि चारो पकाउने क्रममा पुरानो टहरामा राखिएको दाउराबाट आगो सल्केकाे पीडित परिवारले जनाएको छ । उक्त घटनामा तिलक राईको पूरानो हट सितै जोडिएका अन्य दुई छोरा रामचन्द्र र लक्षुमण राईको टहराहरु पनि जलेर खरानी भएकाे थियाे।
घटनास्थलमा उर्लाबारी नगरपालिकाको अग्निनियन्त्रक वाहन – दमकलले मात्र अग्नि नियन्त्रण गरेको थियो भने बेलवारी तथा दमक नगरपालिकबाट पनि दमकल नियन्त्रणका लागि ढिलो गरी आईपुगेका थिए । आगलागी भएको १ घण्टा पछि मात्र दमकल आइपुग्दा ठुलो क्षति भएको स्थानीयको गुनासो गरेकाे देखिन्थ्यो ।

घटनास्थलमा भेला भएका स्थानीयहरूले पथरीशनिश्चरे नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्नै लाग्दा सम्म पनि नगरपालिकबाट दमकल खरीद गरी सेवा प्रदान नगरेको भन्दै आक्रोश पोखेका थिए । यसैबीच ,आजै शिविर व्यवस्थापन कमिटीको एड्मीन कुमार कृष्ण राईले शिविरमा रहेको आरसियूमार्फत उक्त घटनाबारे सम्वन्धित निकायमा जानकारी गराउदै पीडित परिवारको क्षतिपूर्ति दिलाउन कार्वाही अघि बढाईने बताउनुभयो ।