आत्मसम्मान सहितको महिनावारी व्यवस्थापन  उपमेयर पराजुली ।थारु पाेर्टल

Spread the love
४ फागुन/बेलबारी
बेलबारी नगरपालिकाले नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा भेण्डिङ मेसिन जडान गरेको छ।मङ्गलबार एक कार्यक्रमको आयोजना गरेर सवै सामुदायिकक विद्यालयका प्र अहरुको उपस्थितिमा विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरिएको बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले बताए।
बेलबारी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर महिनावारीलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न,सुरक्षित तथा प्रभावकारी माध्यमबाट पहुँच वृद्धि गर्न साथै अभ्यास र सिकाइहरुलाई प्रविधिमैत्री बनाउँन यो कार्यक्रम ल्याइएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्।
विद्यालय तहमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारीका समयमा स्वास्थ्य सतर्कता एवम् सक्षम गराउँन आवस्यक रहेको जनाउँदै महिनावारी सम्बन्धि पुरातन हानिकारक अभ्यास र प्रयोगका कारण स्वास्थ्य, यौन र प्रजनन् अधिकारलाई मात्र असर नगरि यसले उनीहरूको कामको अधिकार, शिक्षामा पहुँच र लैगिक अधिकार र समानतामा समेत प्रभाव पार्ने हुँदा छात्राहरुलाई आत्मसम्मान सहितको महिनावारी व्यवस्थापन आवस्यक छ- उपमेयर पराजुलीले भनिन्। बेलबारी नगरपालिकाले २८ थान भेण्डिङ मेसिन र २८ थान डिस्पोजल मेसिन सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराएको छ।
Enter

You sent

Enter

Bhumi Prasad

Bhumi Prasad Pathak
शेयरलिंक पाउन है,कमरेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *