फाल्गुन ।५। बिहीबार
रबिन्द्र बराल

मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बजारमा रहेको श्री नमुना शहकारी संस्था लिमिटेडकाे रकम हिनामिना गरेको आराेपमा दुई जना पक्राउ परेका छन ।

उनीहरुले माथि सन्चालक समितिका सदस्य हरुले उनीहरु माथि मुद्दा दर्ता गराएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आ.व. २०७४/ ०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा विभिन्न शिर्षकहरुमा शहकारीको रकम हिनामिना गरी ठगि गरेको आधारमा उनी हरुलाई पक्राउ गरिएको छ ।

अनुसन्धानको लागि सोही संस्थाका लेखापालको रुपमा कार्यरत धनपालथान गाउँ पालिका ४ कर्सिया वस्ने वर्ष ६० को सविलाल राजवंशीले राजवंशीले रु १करोडौं ११ लाख ६२ हजार १सय ५१रुपैयाँ ८२ पैसा र संस्थामा सह-लेखापालको रुपमा रहेका वर्ष ५५ को राजकुमार राजवंशीले ७८ लाख १७ हजार ४ सय ४३रुपैयाँ २८ पैसा सहकारीको हिनामिना गरेको आराेपमा उनिहरु लाई बुधबार पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धानका लागि राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।