५।फागुन।
राजेश कुमार राजवंशी

राजवंशी समाज उत्थान समिति( विराट ) ले आफ्नो हक अधिकार्को लागि माग गरेको छ । मुख्यमन्त्री राजेन्द्र कुमार राई लाई साथै जिल्ला प्रशासन कार्यलय मोरङ सहायक सिडियो महेश राज तिमिल्सिना ज्ञापनपत्र बुझाएको छ ।
विराट राजवंशी जाति कोच राजवंशी भन्दा भेषभुशा , भाषा, सास्कृतिक परम्परा आदि छुट्टै रहेको छ ।प्रदेश न १ मै विराट राजवंशीको जनसंख्या सिमित भएकोले अल्पसंख्यक जाति यस् प्रदेश बाट सुचीकृत हुनप्रदेश सरकारलाई आग्रह गरे ।
विराट राजवंशीको चाहना विराट प्रदेशको स्थापना ।
विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिषठान सुचिकृत गर्नुपर्ने , राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित गर्नुपर्ने , विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने , प्रदेश १ को सभा सदस्यमा प्रदेश राजधानीका मुल आदिवासी विराट राजवंशीलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन ।

विराटनगर महानगरपालिका , कटहरि , जहदा , बुढीगंगा , धनपाल , र ग्रामथान क्षेत्रलाइ विराट राजवंशीको स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने , विराट राजवंशी समुदायको उत्थानका लागि प्रत्येक तह र अंगहरुमा छुट्टै आरक्षणको व्यवस्थाको गर्नुपर्ने , भेडियारि स्थित विराट दरवार क्षेत्रको सरक्षण एवं प्रवर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकिय क्षेत्रको रूपमा विकास गर्नुपर्ने लगायतका मागहरू ज्ञापन पत्रमा लेखिएकाे छ ।राजवंशी समाज उत्थान समिति ( विराट )केन्द्रिय अध्यक्ष भवनेस्वर मण्डल राजवंशीको नेतृत्वमा उक्त पत्र बुझाएका छन ।