३५जना नेकपा माओवादी र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश ।थारुपाेर्टल

Spread the love
पथरीशनिश्चरे , ६। फागुन /
नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। हिजाे विहीवार एमालेका पोलिटब्युरो सदस्य समेत रहनुभएका मोरङ्ग निर्वाचन क्षेत्र नं -३ का संघीय सांसद् भानुभक्त ढकालकाे प्रमुख आतिथ्यको तर्फबाट सम्बोधन गर्दै-संसदमा दुई तिहाई बहुमत संख्या आवश्यकता पर्ने हुन्छ , जसमा एमालेसित ९७ जना सांसद रहेका हुँदा एम सी सी सदनबाट अस्वीकृत भैं पास हुनै नसक्ने संकेत गर्नु भएको थियो ।
पथरीशनिश्चरे नगर कमिटीका उपाध्यक्ष उमानाथ अधिकारीले अध्यक्षता गरेको उक्त कार्यक्रममा ३५जना नेकपा माओवादी र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । मोरङ्ग जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरेल , मोरङ इञ्चार्ज विनोद ढकाल , केन्द्रीय सदस्य एवम् मोरङका सह-ईन्चार्ज यूवराज बास्कोटा , प्रदेश कमिटी सदस्यहरू क्रमशः दिलिप कुमार राई, मोहन तुम्वापो , विजय डाँगी , रामकुमार बस्नेत , देवराज भण्डारी , पर्शुराम मिश्र , डम्बर चेम्जोङ , लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी , जिल्ला कमिटीको सदस्यहरु यमुना विष्ट वास्तोला, भगतचन्द्र थपलिया, राजु तिमिल्सिना , दुर्गा देवी दंगाल , निर्मला विश्वकर्मा , सहितले नवप्रवेशीहरूलाई स्वागत गरेको नगर सचिव भीम राईले बताउनुभयो । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुहुनेहरूः
 पूर्णबहादुर कार्की –अखिल नेपाल यातायात मजदुर संघ के.स., ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य  सीताराम खुलाल मगर – इकाई अध्यक्ष, नेपाल मजदुर संघ पश. नपा.  खगेन्द्र लकान्द्री – नगर सचिव  तिलक बस्नेत – नगर सदस्य  प्रेम कार्की – नगर कोषाध्यक्ष  पर्शुराम बराल – वडा सदस्य डिल्ली सेर राई – मोरङ जिल्ला सदस्य  सरोज खड्का – नगर सदस्य  गिता कार्की – अ.ने.म. संघ नगर सदस्य नेपाली कांग्रेसबाट योगेन्द्र मगर सतोष बराल  सवल खड्का –टोल कमिटी सचिव अन्यः  अभिषेक लिम्बु  सुरेश लिम्बु  संदिप लिम्बु  मंजिल लिम्बु  सुदिप लिम्बु  शुक्र लिम्बु प्रकाश गुरुङ  धिरज गुरुङ  संजय राई  अरविन राई करन थापा मगर  युवराज थापा मगर  उमेश चाम्लिङ राई  मुनाल गुरुङ  मोहन शाह नवराज मगर  सुनिल बस्नेत  सुरज बस्नेत करन दास पावर्ती परियार मनकुमार सुन्दास श्याम पराजुली  नेपाली काँग्रेसको तरूण दल प्रदेश समितिका सदस्य विक्रम तामाङ , लगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *