रंगेलीमा पहिलो पटक एकिकृत समाजवादीकाे समिति गठन ।थारु पाेर्टल

Spread the love
फाल्गुन ।७ शनिबार

रबिन्द्र बराल
नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) पार्टीले रंगेली नगर कमिटी गठन गरेको छ। रंगेलीमा भएको अगुवा भेलाले प्रल्लाद खतिवडा लाई रंगेली नगर कमिटीको संयोजककाे जिम्मेवारी दिएको छ।
नेकपा (एकिकृत समाजवादी) का मोरङ जिल्ला अध्यक्ष चन्द्रविर राई, उपसचिव ओसिम आलम लगायतको उपस्थितिमा नगरको आयोजक कमिटी गठन भएको हो। एमालेमा लामो समय राजनीति गरेका प्रल्लाद खतिवडालाई नगर संयोजकको जिम्मेवारी दिईएको ओसिम आलमले बताए । त्यसैगरी सह संयोजकमा बिसन पुरी र कंगालु ताजपुरियालाई तोकिएको छ ।
भेलाले सदस्यहरुमा बिजय राजबंसी, उमा सुबेदी, लक्ष्मी मण्डल, दर्षण यादव, कमल कटुवाल, केवली शिवाकोटी, मोसिम आलम लागयत ५१ सदस्यीय नगर कमीटि बनाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *